प्राकृतिक प्रणालीको पुनः स्थापना

सम्पादक
जेठ २३, २०७८

विश्वभर कोरोनाको महामारी फैलिरहेकै बेला शनिबार विश्व वातावरण दिवस मनाइएको छ । उसो त कोरोनाको कारण पनि वातावरणीय असन्तुलनको परिणाम हो पनि भनिन्छ । अनि कोरोनाकै कारण वातावरणीय सुधार भएको भन्ने धारणाहरु पनि आएका छन् । कोरोना महामारीले नेपालमात्र होइन, विश्वभर इन्धनबाट चल्ने गाडीहरु धेरैजसो ठप्प छन् । उद्योग कलकारखाना पनि चलेका छैनन् । जसका कारण प्रदूषण कम भएको छ । तर प्रदूषण कम भए पनि त्यसको सकारात्मक असर भने अनुभूति गर्न सकिएको छैन । पोहोरको अतिवृष्टिले हाम्रा गाउँघरहरु ध्वस्त भए । कतिले ज्यानै गुमाए । यसमा प्रकृतिको मात्रै पनि दोष होइन । हामीले जथाभावी गरेको दोहनको परिणाम पनि हो । अनि जाडो महिनामा धुम्मिएको आकाशले पनि हामीलाई सहज बनाएन । श्वास नै फेर्न गाह्रो हुने गरी आकाश धुम्मियो । त्यसैको कारण देखाएर स्कुल कलेजहरु पनि बन्द गनुपर्ने अवस्था आएको थियो । जे होस विश्वमा जनसंख्या बढेसँगै मानिसका क्रियाकलाप पनि बढेकै छन् । जसका कारण वातावरणीय प्रभाव नकारात्मकरुपमा पर्दै गएको छ ।

नेपालमा वातावण संरक्षणका लागि सरकारी र गैरसरकारी निकायबाट पहल हुँदै आएको छ । पहल त हुन्छ तर त्योभन्दा गम्भीर तरिकाले यसको दोहन पनि भइरहेकै हुन्छ । अहिले चर्चाको विषय बनेको छ, चुरे क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकासी खुला गर्ने सरकारी पहल । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा बजेट वक्तव्यमार्फत चुरे भावर र तराई–मधेसमा प्रत्यक्ष असर पुग्ने गरी ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरिने बुँदा सुनाए । जसमा निकासीमात्र होइन चुरे तथा महाभारत शृंखलाका सम्भाव्य स्थानमा होटल, मोटल, रिसोर्टलगायत शीतल आवास निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने उल्लेख गरिएको छ । चुरे भावरको फेद र खोंचमा अनियन्त्रित रुपमा सञ्चालन भएका क्रसर र ढुंगा खानीका कारण प्रकृतिको दोहन बढेको भन्दै सरकारले २०७१ साउन १ देखि ढुंगा, गिट्टी र बालुवा निकासीमा प्रतिबन्ध लगाएको थियो । चुरे बचाउनकै लागि भनेर सरकारले त्यही वर्षदेखि ३७ जिल्लामा राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । जसमा २०७१ यतामात्रै सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । आगामी वर्षको कार्यक्रमका लागि पनि डेढ अर्बभन्दा बढी रकम विनियोजन भएको छ ।

चुरे भावर क्षेत्र संरचनागत रुपमा कान्छो पहाडी शृंखला हो । भित्री मधेश र तराई क्षेत्रको खानेपानी स्रोत हो । तर प्रकृतिको दोहनकै कारण खानेपानीको स्रोत नै सुकेका छन् । त्यतिमात्र होइन, बाढी पहिरोको चपेटामा उत्तिकै परेको छ । यस वर्षको वातावरण दिवसको नारा ‘प्राकृतिक प्रणालीको पुनःस्थापना’ तय भएको छ । जसरी नारा तय भएको त्यसैगरी व्यवहारमा लागु गर्न सक्ने हो भने मात्र प्रकृतिको संरक्षण सम्भव छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width