नेपालीहरुको जनजीवनका विभिन्न विधाहरुमा उत्कृष्ट काम गरेर नाम कमाएका छन् । नेपालीहरुले अत्यन्त जोखिमपूर्ण काम गरेर कतै अनौठो र आश्चर्यजनक काम गरी कीर्तिमान कायम गरेर विश्व रेकर्ड राख्नेहरुमा हिमाल आरोहीहरुको संख्या अधिक छ । शनिबार मात्र पनि १० जना नेपालीहरुले पाकिस्तानमा अवस्थित विश्वकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर उचाइको केटु हिमाल आरोहण गरेका छन् । केटु हिमाल आरोहण गर्न ज्यादै कठिन र खतर्नाक मानिन्छ । त्यो हिमाल चढ्ने क्रममा धेरै आरोहीहरुले ज्यानै गुमाएका छन् । त्यसरी ज्यान हत्केलामा राखेर केटु हिमाल आरोहण गर्नेहरुमा म्याग्दी जिल्लाका निर्मल पुर्जासहित डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्यालजेन शेर्पा, पेमाचिरी शेर्पा, दाबा पेम्बा, मिङ्माजी, दाबा तेन्जिङ शेर्पा, फिलु पेम्बा शेर्पा र शोना शेर्पा छन् । उनीहरुले अत्यन्त चिसो र धेरै हावा चलेको बेला हिमाल चढेर साहस देखाएका छन् ।
यसअघि नेपालीहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी धेरै नै कीर्तिमान कायम गरेका छन् । कसैले धेरै पटक आरोहणको कीर्ति राखेका छन् भने छिटो चुचुरोमा पुगेर पनि नाम राखेका छन् । निर्मल पुर्जाले ८ हजार अग्ला विश्वको १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरी कीर्ति राखेका छन् । जनजीवनका अन्य विधाहरुमा पनि उत्कृष्ट काम गरेर नाम कमाउनेहरुको संख्या धेरै छ । त्यस्ता कीर्तिमानीहरुको संख्या प्रत्येक वर्ष बढ्दो छ । तर नेपालमा राजनीति नै यस्तो विधा भयो । जसले कहिले राम्रो काम गरेको देखिएन । उनीहरुले सत्ता सञ्चालन मात्र राम्ररी नगरेका होइनन्, विरोधको स्वर र स्टाइल पनि हिजो जस्तो चियो आज पनि त्यस्तै छ । एक/दुई जनालाई छोडेर भन्ने हो भने कुनै पनि नेतालाई स्तरीय तहमा राख्न योग्य छैनन् । उनीहरु अहिले पनि निम्नस्तरमा पुगेर गालीगलौज गर्नलाई नै उत्कृष्ट भाषण सम्झने गरेका छन् । सिद्धान्त र विचार गौण भएका छन् । आदर्श भन्ने कुरा त हराइसकेको छ ।
देश र समाजको नेतृत्व गर्ने नेताहरुको यस्तो अवस्थाले गर्दा देश पछि परेको छ । राजनीति यस्तो अवस्थामा भए पनि प्रतिभावान नेपालीहरुले आफ्नो क्षमताको उत्कृष्ट प्रदर्शन र प्रयोग नयाँ नयाँ रेकर्ड राखेका छन् । त्यस्ता कीर्तिमानीहरु देश र समाजका निधि हुन् । उनीहरुले देशको नाम उज्यालो बनाउँदैछन् । यो हाम्रा लागि गौरवको विषय हो ।
Related News
सम्बन्धित समाचार
वार्तापछि पलाएको आशा
देशमा अन्योलको स्थिति
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
hero news full width
मुख्य समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७