१. हाम्रो समाजमा बलात्कार र बलात्कार पछि हत्या गर्ने घटना बढ्दो अवस्थामा छ । कोरोना भाइरसको महामारी फैलिएपछि बलात्कार र हत्याको घटना बढेका छन् । लक डाउनको वेला मानिसहरु एकै ठाउँमा रहिरहेको हुँदा मानिसको मनोविज्ञानमा असर परेको, नकारात्मक सोँच र चिन्तन बढेको कारण धेरेले अपराधजन्य क्रियाकलाप गरेको सम्बन्धी विशेषज्ञहरुले बताउने गरेका छन् ।
२. बलात्कार गर्नु र बलात्कार गरेपछि उनैको हत्या गर्नु जघन्य अपराध हो । त्यस्तो अपराधको विरोधमा समाजमा धेरै आवाज उठेको छ । नारा जुलुस भएका छन् । अपराधीलाई कडाभन्दा कडा कार्वाहीको माग गर्ने गरिएको छ । कतै त ज्यानको बदला ज्यान भनेर फाँसीको सजायको माग पनि गर्ने गरिएको छ ।
३. नेपालका फाँसीको सजाय त बर्जित छ । तर आजीवन कारावासको व्यवस्था भने गरिएको छ । कतिपय अपराधीहरु जेलमा सजाय पनि भोगिरहेका छन् । तैपनि अपराधका घटनामा कमि आएको छैन । यो चिन्ताको विषय भएको छैन ।
४. मानिसले राक्षसको रुप धारण गरेपछि अनेक कुकृत्य गर्न पुग्दछन् । त्यस्ता अपराधीले नाबालिका भन्दैनन्, आफ्नो हाडनाताको पनि ख्याल गर्दैनन् । मति विग्रेपछि मानिसहरु एकोरिन्छन्, विवेक गुमाउछन् र अपराध कर्म गर्दछन् ।
५. फेरि त्यस्तो कतिपय देशमा अपराध गर्नेहरु सोर्स फोर्स लगाएर छुट्छन् । अपराधी पत्ता लगाउन नसकिएको भनेर अपराधीलाई उम्काउछन् । जसले गर्दा ठूला वडा घरानाका अपराधीहरु प्रोत्साहित हुन्छन् र तिनीहरुले फेरिफेरि पनि त्यस्तो घटना गर्न पुग्छन् ।
६. निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या त्यस्तै अपराध मानिन्छ । त्यो बलात्कार र बलात्कार पछिको हत्यामा प्रमाण मेटिएको भनेर टार्ने प्रयास गरियो । प्रमाण कसले भेटेको हो, त्यसको खोजि गरिएन । जनताको दबाव बढेकाले एकपछि अर्काे जाँच गर्ने समिति आदि त बने, तर अझ पनि तथ्य र सत्य बाहिर आएको छैन ।
७. त्यस्तो प्रवृत्तिले अपराध गर्नेहरु प्रत्यक्ष अप्रत्यक्ष प्रोत्साहित हुन्छन् । निर्मला पन्तको हत्या पछि त्यस्तो घटना बढेको सरोकारवालाहरुले बताउने गरेका छन् । एकातिर त्यस्तो घटना बढेको छ भने अर्काेतिर सरोकारवालाहरु सडक तताएर नाराजुलुस गरेर पनि खै केही भएन भनेर निराश भएका छन् । यो झन् चिन्ताको विषय हो । अपराधीलाई तुरुन्त पक्रेर सजाय दिनुपर्दछ । कार्वाही हेलचेक्राइ र ढिला सुस्ती गरियो भने अपराधीहरु प्रोत्साहित हुन्छन् । यसमा सम्बन्धित पक्षहरु चनाखो भएर एक्सनमा उत्रनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
वार्तापछि पलाएको आशा
देशमा अन्योलको स्थिति
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७