बलात्कार र सामाजिक चिन्ता

सम्पादक
माघ ३०, २०७७

बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरिएको घटना चर्किरहेको बेला मोरङ जिल्लाको जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीको बलात्कार गरिएको घटना बाहिर आएको छ । किशोरी बेलुकी शौच गर्न जाँदा मोटरसाइकलमा आएका २ जना युवाले उनलाई जबरजस्ती उठाएर लगेका थिए । बलात्कारपछि ती युवाले किशोरीलाई घर नजिकै ल्याएर छाडेर गएका थिए । बैतडी घटनामा प्रहरी अपराधीको नजिक पुगेको र छिट्टै आफूले नियन्त्रणमा लिने बताएको छ भने मोरङ घटनामा अपराधीको पहिचान गएको र तिनीहरु फरार रहेका बताइएको छ ।

देशमा बलात्कार र हत्याका घटना बढ्दै गएको छ । बलात्कार गर्नु कानुनी रुपले अपराध हो । अपराध गर्नेलाई कानुनले दण्ड सजायँ गर्दछ । त्यसरी दण्ड सजायँ पाउनेलाई समाजले हेय दृष्टिले हेर्दछ । बलात्कार गर्नु कुकृत्य हो । त्यसलाई निन्दनीय मानिए तापनि त्यस्तो घटना बढ्दै गएको छ । यो अत्यन्त चिन्ताको विषय हो । यस्तो घटना प्रहरी प्रशासन गुहार्दैमा तथा कानुनले सजाय दिन्छ भन्दैमा त्यसै बस्ने बेला यो होइन । यसमा हामी केही गम्भीर हुनै पर्दछ र किन यस्तो घटना फेरि फेरि दोहोरिदै गएको छ, बढ्दै गएको छ । त्यसमा दृष्टि लगाउनु आवश्यक छ ।

हाम्रो शिक्षादीक्षामा कमीकमजोरी छ कि ? त्यतातिर पनि दृष्टि लगाउनु आवश्यक छ । नेपालमा बलात्कारका घटना पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म फैलिएको छ । हाम्रा युवा किन बलात्कारी हुन्छन् ? यसमा सोधखोज गरिनुपर्दछ । अध्ययन र अनुसन्धान गरिनुपर्दछ । त्यस्तै हाम्रो सामाजिक संरचनामा कतै गल्ती त छैन ? भनेर पनि एक पटक नियाल्नु पर्दछ । साथै हाम्रो संस्कार र संस्कृति पनि त्यसको जिम्मेवार छ कि ? त्यतातिर पनि ध्यान दृष्टि लगाउनु पर्दछ । हाम्रा सामाजिक अभियन्ता, धार्मिक गुरु, शिक्षण संस्थाका गुरु सबैले आफ्नो उत्पादन किन त्यस्तो भएर निस्के भनी त्यसमा किँचित मात्र भए पनि सोच्नु आवश्यक छ । किनभने एक दुई घटना मात्र भए केही थिएन तर यो घटना व्यापक रुपमा हुँदैछ, फैलिँदैछ । यसलाई प्रहरीले गरिहाल्छ भनेर तथा बलात्कारीलाई कानुनले ठीक गर्दछ भनेर बसेर मात्र यो घटना घट्ने देखिँदैन । बलात्कार भयो भनेर मात्र अब पुग्दैन । किन भयो, कसरी भयो र घटना न्यूनीकरणको उपाय आदि इत्यादिबारे चिन्तन मनन गर्नु पर्दछ । साथै कहाँ के कमी कमजोरी भएर यस्तो भएको हो, त्यसलाई हटाउनु सक्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width