पोखरामा अविरल वर्षाको प्रभााव

सम्पादक
श्रावण १८, २०७९

वर्षाको बेला छ रातो दिन पानी परिरहेछ । केही स्थानलाई अपवाद मानेर भन्ने हो भने खेतबारीमा पानी प्रशस्त देखिन्छ । किसानहरुका लागि समय अनुकूल भएको छ र अधिकांश किसानहरुले धान रोप्ने काम सिध्याइ पनि सकेका छन् । यस्तो वर्षाको बेलामा सुदूर पश्चिमको केही जिल्लामा अझै राम्ररी पानी परेको छैन । जसले गर्दा उनीहरुले अझै धान रोप्न पाएका छैनन् । वातावरणमा धेरै परिवर्तन आएकाले कतै अतिवृष्टि भएको छ भने कतै अनावृष्टि भएको छ । पोखरा पहिलेदेखि नेपालमा नै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । यो पटक पनि अस्ति घनीभूत पानी प¥यो, अस्ति २४ घन्टामा ३३४.६ मिलिमिटर वर्षा मापन गरिएको मौसम विद्हरुले जनाएका छन् । मौसम विभागले पोखरा क्षेत्रलाई रातो संकेतसहित खतरामा रहेको देखाएको थियो । मौसम विभागले जनाएअनुसार वर्षा र पहिरोले यहाँ जनधनको क्षति पनि भएको छ ।

अत्यधिक वर्षाले गर्दा यहाँको धेरै ठाउँ जलमग्न भएको छ भने पोखरा–६ डिहिकोपाटनमा मध्यरातमा घरमाथिको ढिस्को खसेर १ जनाको ज्यान गएको छ भने अर्को १ जना घाइते भएका छन् । डिहिकोपाटन कच्ची घरमा डेरा गरी बसेका माछापुच्छ«े गाउँपालिका १ भर्जुङखोला तातोपानी स्थायी घर भएका २७ वर्षीय सन्तोष सुनारको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनकी दिदी सुनीता सुनार घाइते भएकी छिन् । सुनीताको छोरो सिम्रनको भने सकुशल उद्धार गरिएको छ । अझै हामी सजग र सतर्क भएर बस्नुपर्ने अवस्थामा छ । हामी सर्वसाधारणमात्र होइन, दैवी प्रकोपमा उद्धार गर्ने उद्धार टोलीहरु पनि उत्तिकै जागरुक भएर अर्थात् सधैं तैयार भएर बस्नुपर्ने अवस्था छ ।

३ दिनको अविरल वर्षाले पोखरा र पोखराको सेरोफेरोका नदीनाला बढेका छन् । नदीनाला बढेकाले त्यसले आफ्नो नजिकका खेतबारी जलमग्न पारेका छन् र खेतमा बनाइएका घरभित्र पानी पसेर त्यहाँ बस्नेहरुको जनजीवनलाई कष्टकर बनाएका छन्, खास गरेर पोखरा १३ कमल पोखरीदेखि बाँझापाटनको क्षेत्रसम्म जलमग्न भएको थियो । यी पंक्ति लेखिँदासम्म त्यहाँ पानी धेरै भएको र स्थितिमा सुधार भएको छ । गत वर्ष पनि त्यहाँ चर्को रुपमा जलमग्न भएको थियो । त्यहाँको खेतहरुमा धेरै घरहरु बनेकाले पनि पानीको निकासलाई समस्या परेको छ । घर बनाउने उपयुक्त स्थान चयन नहुँदा कमलपोखरी क्षेत्र डुबानमा परेको देखिन्छ । काहुँखोला र नहरको पानीको निकास राम्ररी नबनाए सम्म समस्याले पिरोली रहनेछ । यस सम्बन्धित पक्षले छिटो ध्यान दिनु आवश्यक छ । अन्तमा हामी दिवंगत सुनारप्रति श्रद्धाञ्जली अर्पण गरी घाइते सुनीता सुनारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र पीडित परिवारलाई राहत क्ष्तिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • परराष्ट्रमन्त्री खड्काको चीनमा व्यस्त कार्यक्रम

    सम्पादक श्रावण २५, २०७९
    परराष्ट्रमन्त्री नारायण खड्का ३ दिनको भ्रमणका लागि मंगलबार चीन पुगेका छन् । मन्त्री खड्का चिनिया समकक्षी वाङ चीको मैत्रीपूर्ण निमन्त्रणामा…
  • देश चुनावी माहोलमा प्रवेश

    सम्पादक श्रावण २२, २०७९
    सरकारले संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मंसिर ४ गते मिति घोषणा गरेको छ । सरकारको यो घोषणाका…
  • बढ्दो हत्या–हिंसामा जिम्मेवार को ?

    सम्पादक श्रावण २०, २०७९
    केही दिन पहिले ललितपुरको तारकेश्वर नगरपालिका बस्ने दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, तिनीहरुका १३ वर्षीया छोरी आरिका र ८…
  • चुनावको मिति छिटो घोषणा गर

    सम्पादक श्रावण १९, २०७९
    स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सुस्ताएको सरकार अर्को निर्वाचन पनि गर्नु पर्नेछ भन्ने बिर्सेझैं गरी बसेको छ । संविधानअनुसार संघीयतिर…
  • पर्यटक प्रभाव पर्ने कुराको खोजी

    सम्पादक श्रावण १७, २०७९
    पर्यटन नेपालको प्राथमिकता प्राप्त क्षेत्र हो । यो संघको विकासका लागि स्थानीयदेखि संघ सरकारले पनि विविध कार्यक्रम ल्याउने गरेका छन्…

hero news full width