विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र बुधबार काठमाडौंमा एकताको घोषणा गरेर राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएका छन् । ती नेताहरुले चारबुँदे घोषणापत्रमा हस्ताक्षर गरी एकताबद्ध भएर अघि बढ्ने सहमति गरेका छन् । राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ । उनका समूहका अरुले के–के पद पाउँछन्, त्यो बताइएको छैन । तर त्यो पद समायोजनका लागि राप्रपाबाट २ जना र मिश्र पक्षबाट २ गरी ४ सदस्यीय कार्यदल बनाएर टुंगाउने बताइएको छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले केही समय पहिले राजतन्त्र, हिन्दु राष्ट्रलगायत सवालमा राप्रपासँग आफ्नो विचार मिल्ने कुरा बताउँदै आएका थिए । त्यसैको परिणाम यो एकता सम्भव भएको हो । यसलाई अध्यक्ष लिङ्देनको सफलताका रुपमा हेर्ने गरिएको छ ।
सञ्चारकर्मीरुपमा ख्याति कमाएका मिश्र राजनीतिमा आउँदा त्यसले तरंग पैदा गरेको थियो । राजनीतिको विकल्प दिने घोषणा गरेर सक्रिय राजनीतिमा प्रवेश गर्दा सञ्चारकर्मी, बुद्धिजीवीले उनलाई धेरै प्रोत्साहित गरे । उनको पार्टीमा प्रवेश पाउन लालयित भएका थिए । तर जादुगरीको त्यो अवस्था धेरै टिकेन । आकर्षण हराउँदै जाँदा धेरैपछि उनले अन्य पार्टीसँग एकता गरे । विवेकशील साझा पार्टीले समाजमा केही प्रभाव त पारेको थियो, तर त्यसमा नेताहरुबीच विवाद भयो । तिनीहरुबीच विवाद बढ्दै गएपछि कहिले एकले अर्कालाई कारबाही गर्नेसम्मको स्थिति बन्यो भने कहिले राजीनामा गर्नुपर्ने स्थिति आयो । यसैबीच उनको विचारमा विचलन आएको अनुभव गरियो । उनी राजावादीमा परिणत भए । जसको कारण राप्रपासँग उनको समूहको एकता सम्भव भएको हो ।
त्यसबेला राजनीतिमा २ जना व्यक्तिहरुलाई धेरैले सुन्ने गरेका थिए । तीमध्ये १ जना डा. बाबुराम भट्टराई थिए भने अर्को मिश्र थिए । डा. भट्टराईले माओवादी पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गरेका थिए भने मिश्रले साझा पार्टी । सर्वसाधारण जनताको ती दुवैप्रति आस्था थियो र तिनीहरु ती दुवै मिलेर अघि बढोस् भन्ने चाहन्थे । तर तिनीहरुले जनताको त्यो भाष्य बुझेनन् या बुझेर पनि वास्ता गरेनन् । जसको परिणाम ती दुवै नेताको चमत्कारिता हराउँदै गयो । तिनीहरु अन्त सेल्टर खोज्नुपर्ने अवस्थामा पुगे । डा. भट्टराई माओवादीको चुनावचिन्हमा चुनाव लड्ने स्थितिमा पुगे भने मिश्र राप्रपा अध्यक्ष लिङ्देनको वरिष्ठ उपाध्यक्ष हुन पुगेका छन् । डा. भट्टराईले सक्रिय राजनीतिबाट आफू थकित भएको सन्देश सम्प्रेषण गर्दैछन् भने वरिष्ठ उपाध्यक्ष मिश्रको त्यो अवस्था छैन । उनको उमेर पनि छ र सक्रिय पनि छन् । सक्रियताले विवाद निम्त्याउने सम्भावना पनि रहन्छ । यसलाई पनि ख्याल गर्नु पर्दछ । त्यो जे भए पनि अब नयाँ संगठनलाई जलमल गरेर सक्षम र सक्रिय पार्नु मिश्रको दायित्व हो ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९