योग्य व्यक्तिको अवसान

Avatar सम्पादक
फागुन १६, २०७७

नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए) का रुपमा ख्याति कमाएका कुवेर शर्माको ८१ वर्षको उमेरमा हृदयघात भई काठमाडौंमा निधन भयो । उनी केही वर्षदेखि विभिन्न रोगहरुबाट पीडित थिए । उनको शनिवार आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनी पहिलो चार्टर्ड एकाउन्टेन्ट भएकाले विद्वान् व्यक्तिका रुपमा चिनिन्थे । उनी भ्रष्टाचारीको कट्टर विरोध गर्दथे । आफूले कुनै कम्पनीको अडिट गर्दा देखिएको अनियमितता र भ्रष्टाचारको प्रष्ट साथ देखाउँथे । कम्पनीको विकासका लागि सुझाव पनि दिन्थे । त्यसो हुँदा उनलाई सरोकारवालाले योग्य र इमानदार व्यक्तिका रुपमा सम्मान गर्दथे ।

उनी प्रजातान्त्रिक स्वभावका थिए र प्रजातान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक भाग लिन्थे । राजनीतिक रुपमा उनी नेपाली काँग्रेसका नजिकका थिए । काँग्रेसको आह्वानमा भएको आन्दोलनमा सधैं सरिक हुन्थे । आन्दोलन क्रममा उनी नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईसँग नजिकिएका थिए । भट्टराईको स्वच्छ छविबाट उनी धेरै प्रभावित भएका थिए । एक समय उनले आफ्नो पेसा समेत ख्याल नगरेर भट्टराईको देश दौडाह कार्यक्रममा १ जना कार्यकर्ताको रुपमा सहभागी भएका थिए । २०४८ सालको निर्वाचनमा उनी सप्तरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । काँग्रेस पटक–पटक सत्तामा आएको बेला विभिन्न काण्ड देखा परे । नातावाद, कृपावादको आरोप लाग्यो । त्यो उनको स्वाभिमानले सहन गर्न सक्ने र उनले काँग्रेस पार्टी परित्याग गरे ।

काँग्रेस पार्टी परित्याग गरेर उनले आफ्नै किसिमको हरियाली पार्टी गठन गरे । भ्रष्टाचार विरोधी पार्टीका रुपमा हरियालीले आफ्नो पहिचान बनाएको थियो । विकास निर्माण के कसरी गर्ने सम्बन्धमा पनि उनको प्रष्ट विचार र धारणा थियो । उनले समृद्धि र विकासका लागि जनजागरण अभियानै चालेका थिए । उनको त्यो विचारबाट प्रभावित भएर २०५९ सालमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठित मन्त्रिमण्डलमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि भएका थिए । उनी मन्त्री भएका बेला आफ्नो मन्त्रालयको अवधारणा प्रष्ट पारेका थिए । मन्त्रालयमा हुने गरेका भ्रष्टाचार हटाउन कदम चालेका थिए । उनी शिष्ट थिए । जोसँग पनि मैत्रीवत कुरा गर्दथे । उनको निधन यस क्षेत्रको ठूलो क्षति हो ।

Related News

सम्बन्धित समाचार

    • राजनीतिमा विश्वासको संकट

      Avatar सम्पादक वैशाख १०, २०७८
      माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओलीको सबभन्दा चर्काे विरोधीका रुपमा देखिएका छन् । उनी र एमालेका वरिष्ठ नेता…
    • गण्डकीमा १३ गतेको प्रतीक्षा

      Avatar सम्पादक वैशाख ९, २०७८
      गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते गण्डकी प्रदेश सभाको विशेष बैठकको आह्वान गरेपछि प्रदेशको राजनीति तात्न थालेको छ…
    • मुलुक डुबाउने खेल रोक

      Avatar सम्पादक चैत्र ३०, २०७७
      नागरिकका अधिकार स्थापित गराउने भनेर ल्याइएको संघीयतामाथि कालो बादल मडारिएको छ । नागरिकमा निराशा छाएको छ । राजनीति दलका नेताहरु…
    • वैकल्पिक सरकारका प्रस्ताव

      Avatar सम्पादक चैत्र २९, २०७७
      वैकल्पिक सरकार गठन गरी प्रधानमन्त्री केपी ओलीको सरकारलाई विस्थापित गर्नुपर्दछ भनी लामो समयदेखि कराए तापनि त्यसबारे औपचारिक वार्ता भएको थिएन…
    • सरकारको नेतृत्व गर्न कांग्रेस तयार

      Avatar सम्पादक चैत्र २३, २०७७
      नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे लगत्तै देशको राजनीतिले अर्को…

    hero news full width