पुष्पलाल : गणतन्त्रका उद्घोषकर्ता

सम्पादक
श्रावण ८, २०७८

वर्ष फरक परे पनि साउन महिनामा नेपाली राजनीतिक आकाशका २ नक्षत्र गुमेका छन् । नेपाली कांग्रेसका संस्थापक महामानव बिपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थाको स्मृति दिवस एकपछि अर्को दिन गरी मनाइयो । हो पुष्पलाल नेपालमा कम्युनिस्ट आन्दोलनका सुरुआतकर्ता हुन् । उनी नेकपाका संस्थापक महासचिव हुन् । पुष्लालालले नै नेपालमा गणतन्त्र ल्याउनुपर्छ भनेर पहिलो पटक उद्घोष गरेका थिए । ढिलै भए पनि मुलुकमा गणतन्त्र त स्थापना भएको छ । तर संस्थागत गर्न भने दलहरु चुकेका छन् । कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरी जनजनमा पुर्‍याउने योगदान पनि उनैले दिए । अहिले नेपालका कम्युनिस्ट विभाजित छन् । अनेकथरि नाम राखेका छन् । अनि भिन्न नारा ल्याएर आफूलाई चिनाउन खोजेका छन् । त्यसो त पुष्पलाल आफैं पनि पार्टीमा एक्लोजस्तै भएका थिए । तर पनि नेपालमा नयाँ जनवादको नारा उनले नै घन्काएका थिए ।
उनी ऐतिहासिक भौतिकवादी चिन्तकमात्र नभएर माक्र्सवादी इतिहासकारसमेत हुन् । राणाशाही आन्दोलनमा क्रियाशील रहँदा दाजु गंगालाल सहिद भए । बाबुको जागिर गुम्यो । त्यसै कारण पुष्पलाल १५ वर्षको उमेरमै राजनीतिमा होमिएका थिए । उनी आफैं पनि राणविरोधी आन्दोलनमा जुटे । पछि पञ्चायत फाल्नसमेत उनी अग्रसर भए । पञ्चायत फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्छ भनेर विचार प्रवाह पनि उनैले गरेका हुन् । जनका कारण पछि पञ्चायत ढल्यो । त्यसो त उनको औपचारिक शिक्षा कम थियो । तर पनि त्यस्तो महसुस हुन कहिल्यै हुन दिएनन् । उनी जहिल्यै बौद्धिक अध्येता र प्राज्ञिक व्यक्तित्वका रुपमा चिनिए । उनलाई नजिकबाट चिन्नेहरु भन्छन् : नेपालको समाज, इतिहास, साहित्य र कला–संस्कृतिका विषयमा समेत फिँजिएका छन् ।
नेपाली समाजको वर्गविश्लेषणको आरम्भकर्ता उनै पुष्पलाल हुन् । वर्गहरूको भूमिका र तिनीहरूबीचका अन्तरविरोधको अध्ययन गर्दै उनले पहिलोपटक नेपाली समाजलाई हेर्ने द्वन्द्ववादी दृष्टिकोणको विकास गरेका तथ्य भेटिन्छन् । अहिलेका कम्युनिस्ट पार्टीले अझै पनि त्यही विचारलाई आधार मानेका छन् । अहिले नेपालमा बग्रेल्ती कम्युनिस्ट पार्टी छन् । विचारमा उनीहरु विभाजित छन् । अझै भन्ने हो उनीहरुमा कम्युनिस्ट चरित्र छैन । कम्युनिस्ट पार्टीका नाममा अहिले उनीहरुको सिद्धान्त प्रष्ट हुन सकेको छैन । राणाकालदेखि नै नेपालमा कम्युनिस्ट आन्दोलनको बिजारोपण गर्ने पुष्पलालको विचारबाट अहिले यहाँका कम्युनिस्ट पार्टीले बाटो बिराएका हुन् कि भन्ने अनुभूति सबैलाई भएको छ । पहिला चर्का नारा लगाउने कम्युनिस्टहरु अहिले संसदीय अभ्यासमा रमाइरहेका छन् । त्यतिमात्र कहाँ हो र संसदभित्रको फोहोरी खेलमा समेत उनीहरु आबद्ध भइसकेका छन् । अहिलेको अवस्थामा पुष्पलालको योगदानको स्मरण गर्दै उनको विचारलाई अंगीकार गरेमात्र उनीप्रतिको सच्चा श्रद्धाञ्जली ठहर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width