Worldlink ads

जनसहभागितामा विश्वशान्ति केन्द्र

Avatar सम्पादक
पौष १७, २०७७

शान्तिनायक भगवान् बुद्धको जन्मस्थल लुम्बिनी शान्तिको मुहान हो । लुम्बिनीलार्ई शान्तिको मुहान बनाउन धेरै काम भएका छन् । अहिले फेरि यहाँ महासिद्ध सेन्चुरी फर युनिमर्सल पिस केन्द्र बनाउने अभियान सञ्चालन गरिएको छ । सो अभियान पूरा भएपछि शान्ति स्थापनाका लागि नयाँ आयाम थप हुने अपेक्षा गरिएको छ । वल्र्ड पिस केन्द्रका परिकल्पनाकार लामा ग्याल्पा तेन्जिङ रिम्पोछेले केन्द्रमा २ हजार जना मासिन अट्ने एउटा सभाकक्ष, ध्यानकक्ष, पुस्तकालय र संग्रहालय निर्माण गर्ने बताएका छन् । उनले त्यस केन्द्रमा शान्तिवार्ताका लागि एक विशेष कक्ष निर्माण हुने कुरा पनि उल्लेख गरेका छन् । शान्तिवार्ताको लागि अनुकूल वातावरण बनाउने र त्यसको लागि विश्वका पक्ष–विपक्षमा लागेकाहरुलाई आग्रह गर्ने पनि उनले जनाएका छन् ।

साथै त्यहाँ एक गुम्बा र एक विहार रहने तथा ती सबै कमलको फूल आकारमा निर्माण हुने छन् । ती सबैको नापनक्सा जर्मन आर्किटेक्ट इन्जिनियरले डिजाइन गरेका हुन् । पिस केन्द्रको सो विशेषता रहेको छ कि यो व्यापक जनसहभागितामा निर्माण हुने भएको छ । त्यसको लागि नेपालमा एक–एक रुपैयाँ दान लिने काम प्रारम्भ भएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव वान कि मुनले पनि बृहत्तर लुम्बिनीको विकास गर्ने इच्छा जाहेर गरेर दक्षिण कोरियाका ख्यातिप्राप्त इन्जिनियरलाई नक्सा तयार गरेका थिए । कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेट्ने त्यस योजनाले त्यस क्षेत्रको काँचुली फेर्ने अनुमान गरिएको थियो तर योजना कार्यान्वयन गर्न नेपालले कहिले उत्साह देखाएन । त्यस्तै एक पटक चीनको एक कम्पनी पनि लुम्बिनीको विकासको लागि अग्रसर भएको थियो । यो काम पनि त्यसै सेलायो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा पनि लुम्बिनी विकासको निर्देशक समिति गठन भएको थियो । त्यसले पनि सक्रियता देखाएन ।

लुम्बिनीको भविष्यप्रति सबै विश्वस्त छन् । लुम्बिनीको विकासमा आफ्नो पनि नाम होस् भन्ने कामना धेरैले गर्ने गरेका छन् तर त्यो विचार निरन्तर रहने गर्दैन । लुम्बिनीसम्बन्धी काम यस्तै–यस्तै भएकोले ढिलो हुने गरेको छ ।

अहिले लामा शाल्पा तेन्जिङ रिम्पोछेले वर्ड पिस केन्द्र बनाउने अभियान गरेको छ । त्यसको सबैले प्रशंसा गरेका छन् । यस्तो काममा व्यापक जनसहभागिता जुटाउनु सजिलो हुँदैन र त्यसैको भरमा रह्यो भने काम छिटो नहुन पनि सक्छ । केन्द्र बनाउँदा यी सबै कुरालाई दृष्टिगत गर्न व्यावहारिक हुन सक्छ ।

Related News

सम्बन्धित समाचार

    • कोभिडको खोप सुरु

      Avatar सम्पादक माघ १४, २०७७
      आज नेपाल र नेपालीका लागि विशेष महत्वको दिन हो । देशवासीहरु कोभिड–१९ महामारीबाट बच्ने कुनै औषधी र उपचार विधि नपाएर…
    • गुरुङ भाषाको सम्मान

      Avatar सम्पादक माघ १३, २०७७
      गुरुङ भाषाका आदिकवि हर्कबहादुर गुरुङको सालिक कहाँ राख्ने कसरी राख्ने भन्ने लामो समयदेखिको विचार–विमर्श टुङ्गाउँदै गुरुङहरुको बाहुल्य भएको जिल्ला स्याङ्जाको…
    • संवेदनशील राजनीति

      Avatar सम्पादक माघ १२, २०७७
      नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत शनिवार आह्वान गरेको नेपाल बन्द आंशिक सफल भएको प्रक्षेपण गरिएको छ । आफ्ना २…
    • कांग्रेसको बढ्दो भूमिका

      Avatar सम्पादक माघ ११, २०७७
      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई चिरामा विभाजित भएको छ । तीमध्ये ओली पक्ष सत्तामा आसीन छ भने अर्को पक्ष ओलीको…
    • राष्ट्रपति वाइडेनबाट अपेक्षा

      Avatar सम्पादक माघ ९, २०७७
      डेमोक्रेटिक पार्टीका नेता जो वाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । राष्ट्रपतिका रुपमा उनी ३ महिना पहिले नै निर्वाचित भएका…

    hero news full width