हाम्रो देशमा व्यापार घाटा बढ्दो छ । प्रत्येक वर्ष घाटा बढ्दै गएको छ । कहि कतै यस सम्बन्धमा चर्चा गरेको सुनिन्छ तर घाटा कसरी पुर्ने भन्ने सम्बन्धमा छलफल विचार विमर्श भएको त्यत्ति पाइँदैन । सरकारले आर्थिक विकासको हावादारी कुरा त गर्छन् तर ठोस कार्यक्रम ल्याएर उत्पादन बनाउने, उत्पादित सामान बाहिर पठाउने र घाटा कम गर्नेतर्फ गम्भीर भएको पाइँदैन । आयात–निर्यातमा गम्भीर नभएका कारण हाम्रो ऐन कानुन उत्पादनमुखी हुन सकिएका छैनन् । हाम्रा उद्योगधन्दा चलाउनेहरुले सधैं औद्योगिक ऐन कानुन आफ्नो अनुकूल नभएको जिकीर गर्दछन् र त्यसमा सुधारका लागि सुझाव दिने गर्दछन् । त्यस्तै कृषि उत्पादनको पनि कुरा छ । कृषिमा पनि अनुकूल वातावरण छैन ।
कृषिमा निजी क्षेत्रले यो ४/५ वर्षयता धेरै लगानी गरेका छन् । परिश्रम गरेका छन् र आफ्नो उत्पादन पनि बढाएका छन् । केही जिल्ला दूध, कुखुराको फुल र मासु आदिमा आत्मनिर्भर पनि भएका छन् । हिमाली क्षेत्रमा स्याउ उत्पादन बढेको छ । केरा, तरकारीमा पनि केही जिल्ला निकै अगाडि बढेका छन् तर ती क्षेत्रमा उत्पादन राम्रो छ भन्नै नपाई तिनीहरुले प्रतिकूल परिस्थिति सामना गर्नु पर्दछ । कहिले अतिवृद्धि, कहिले अनावृद्धि हुन्छ । एकातिर तिनीहरुलाई प्राकृतिक प्रकोपले बराबर सताउँछ भने अर्काेतर्फ मल अभाव छँदैछ । देशमा मल कति चाहिन्छ भन्ने सरकारलाई थाहा छ । मल प्रत्येक वर्ष चाहिने कुरा हो तर सरकारको व्यवस्थापन यस्तो छ कि कहिल्यै समयमा मल आपूर्ति गरिंदैन । न कि मल उत्पादन गर्ने उद्योग स्थापना गर्दछ । बजार व्यवस्थापनमा पनि सरकारले ठोस केही गर्दैन । त्यसो भएकाले कृषकले कहिले आफ्नो उत्पादन सडकमा फ्याँकेर पनि आक्रोश पोख्ने गरेका छन् ।
सरकारमा बस्नेहरुले चुनावको बेलामा र कहिलेकाहीं बजेट तर्जुमा गर्ने बेलामा जिल्ला–जिल्लामा औद्योगिक क्षेत्र बनाएर उद्योगधन्दाको विकास गर्ने कुरा गर्छन् तर तिनीहरु आफ्नो वाचामा कत्ति पनि गम्भीर हुँदैनन् । प्रतिबद्धता पूरा गर्नु पर्दछ भन्ने चेत तिनीहरुमा कहिले पलाएन । त्यसो हुँदा कतिपय उद्योगीहरु निराशप्राय छन् । वातावरण अनुकूल नभएका कारण १० औं वर्ष उद्योगधन्दामा लागेकाहरुले पनि आफ्नो स्तरोन्नति गर्न सकेका छैनन् । स्वदेशी उत्पादनलाई महत्व दिऔं, स्वदेशी उत्पादन प्रयोग गरौं भावना पनि विरलै देखिन्छ । बजारभरि विदेशी उत्पादनले भरिएका छन् । दैनिक जीवनमा पनि विदेशी उत्पादनका सामानमात्र देखिन्छ भने स्वदेशी उत्पादनको वृद्धि नै कसरी हुन सक्ला ? सकेसम्म स्वदेशी उत्पादन प्रयोग गरौं, उपभोग गरौं भन्ने भावनाको विकास गर्नु पनि स्वदेशी उत्पादन वृद्धि गर्ने पूर्व शर्त हो । त्यो एक राष्ट्रिय भावना पनि हो तर कुनै पनि सरकारले कहिले यतातिर ध्यान दिएनन् । जसका कारण हाम्रो उत्पादन बढ्न सकेनन् । विदेशतिर निर्यात भएनन् । आयात भने बढ्दै ग¥यो । जसको कारण व्यापार घाटा बढ्दै गएको छ । सधैं यसो गरेर हाम्रो उन्नति हँुदैन । यो गम्भीर कुरा हो । यसमा सरकार र नागरिक गम्भीर हुनै पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१