जापानका पूर्व प्रधानमन्त्रीको हत्या

सम्पादक
असार २६, २०७९

सामान्यतया शान्तिको देश भनेर चिनिएको जापानमा शुक्रबार चुनावी भाषण गरिरहेको बेला जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवे एक जना अविवेकी जापानी नागरिक ४१ वर्षीय तेत्सुया यामागामीको सिकार भए । उनको उपचारको क्रममा अस्पतालमा निधन भयो । उनलाई किन गोली प्रहार गरिएको हो त्यसबारे केही बताएको छैन । गोली नजिकैबाट प्रहार गरिएको थियो । उनले गोली प्रहार गरिएको बन्दुक त्यो मानिसले आफ्नै घरमा बनाएको घरेलु हतियार भएको प्रहरीले जनाएको छ । प्रहरीले त्यो मानिसलाई ठाउँको ठाउँ पक्रेको छ । आफ्ना पूर्व प्रधानमन्त्रीको हत्या भएपछि जापानभर शोक व्यक्त गरिएको छ । पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा नेपालमा पनि शनिबार राष्ट्रिय शोक मनाएको थियो ।

सन् १९५४ मा जन्मिएका आवे राजनीतिक पृष्ठभूमिका थिए । उनका हजुरबुबा नोबुसुके किसिका प्रधानमन्त्री भएका थिए भने उनका बुबा सिनतारा विदेशमन्त्री भएका थिए । यस्तो परिवारमा उनको जन्म भएको थियो र उनले आजीवन लिबरल उमोक्रेरिक पार्टीका लागि काम गरे । आखिरी दिनमा पनि उनी त्यही पार्टीको लागि चुनावी भाषणमा व्यस्त थिए । उनले आधुनिक जापानी इतिहासमा धेरै कीर्ति राखेका थिए । उनी विश्वयुद्धपछिको सबभन्दा कान्छा प्रधानमन्त्री थिए । ५१ वर्षको उमेर प्रधानमन्त्री भएका उनी सबभन्दा लामो समय प्रधानमन्त्री हुने व्यक्ति पनि मानिन्छ । उनले ९ वर्ष प्रधानमन्त्रीका रुपमा जापानलाई हाँकेका थिए । उनी पहिलो पटक सन् १९९३ मा सांसद बनेका थिए । सांसद बनेको २ वर्षपछि मन्त्री भए त्यसपछि उनी प्रधानमन्त्री भएका थिए । आफ्नो स्वास्थ्य स्थितिका कारण उनले राजीनामा दिएका थिए ।

उनलाई जापानमा ठूलो सम्मानका साथ हेर्ने गरिएको छ । प्रधानमन्त्री भएपछि उनले जापानको लागि एक किसिमको नयाँ आर्थिक नीति सञ्चालन गरी उनले बजारमा माग बढाउने, त्यसैको आधारमा मूल्य वृद्धि गर्ने र उत्पादनलाई प्रवद्र्धन गर्ने अर्थ नीति सञ्चालन गरेपछि जापानको आर्थिक अवस्थामा उल्लेख्य सुधार भएको थियो । अर्को महत्वपूर्ण कार्य उनले आफ्नै सैन्य शक्ति स्थापना गरे जसले गर्दा जापानको शक्तिको छिमेकी देशहरुमा मात्र होइन, विश्वमा नै त्यो चर्चाको विषय भयो । सैन्य शक्ति आर्थिक सुधार र राजनीतिमा मात्र उनले कीर्ति राखेका होइनन्, कुटनीतिक क्षेत्रमा पनि उनले आफ्नो प्रभाव बढाउन सफल भएका थिए । जापानको लागि उनी एक महत्वपूर्ण राजनेता थिए । उनको निर्मम हत्यालाई विश्वका नेताहरुले निन्दा गरेका छन् । जापानी प्रधानमन्त्री किसिदाले हिंसाको अघि कहिल्यै नझुक्ने संकल्प गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो शोक वक्तव्य जारी गरेका छन् । उनी नेपालका एक असल मित्र थिए र नेपालको विकास निर्माणमा गहिरो रुचि लिएर उदारतापूर्वक सहयोग गरेका थिए । उनको निधनलाई अपूरणीय क्षति मानिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width