राष्ट्रपति वाइडेनबाट अपेक्षा

सम्पादक
माघ ९, २०७७

डेमोक्रेटिक पार्टीका नेता जो वाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । राष्ट्रपतिका रुपमा उनी ३ महिना पहिले नै निर्वाचित भएका थिए । तापनि संविधान अनुसार सपथ ग्रहण जनवरी २० मा गर्नुपर्ने भएकोले उनले कार्यभार सम्हालेका थिएनन् । यस अघि ट्रम्प अमेरिकाका राष्ट्रपति थिए । उनले चुनाव हारेकाले वाइडेन राष्ट्रपति भएका हुन् । निवर्तमान राष्ट्रपति ट्रम्प आफ्नै किसिमका थिए । उनको प्रशासनबाट मानिसहरु वाक्क–दिक्क भएका बेला वाइडेन राष्ट्रपति भएका छन् । उनी निर्वाचित भएपछि धेरैले सन्तोषको स्वास फेरेका छन् । उनले ट्रम्पले गरेको महत्वपूर्ण केही निर्णयहरु आफूले परिवर्तन गर्ने घोषणा पनि गरेका छन् । नयाँ राष्ट्रपति वाइडेन धेरै अनुभवी नेता भनिन्छन् । उनको जन्म सन् १९४२ को नोभेम्बर २० तारिखमा थएको थियो । उनी विद्यार्थी अवस्थामा औसतका विद्यार्थी थिए । उनले इतिहास र राजनीतिमा स्नातक गरेका छन् भने कानुनमा डिग्री गरेका छन् । उनले धेरै दुख गरेर आफ्नो पढाइ पूरा गरेका थिए ।

पढाइ पूरा भएपछि उनी सक्रिय राजनीतिमा लागे । राजनीतिमा लाग्न उनको पारिवारिक पृष्ठभूमिले पनि धेरै सघाउ पु¥याएको थियो । उनी २९ वर्षको कलिलो उमेरमा सिनेटर भएका थिए । उनी ६ पटकसम्म सेनेटर भए । सिनेटर भएका बेला विदेश सम्बन्धी समिति र न्यायपालिका समितिको सदस्य र पछि अध्यक्षसमेत भएका थिए । डेमोक्रेटिक नेता बाराक ओबामा २००९ मा राष्ट्रपति निर्वाचित भएको बेला उनी उपराष्ट्रपति निर्वाचित भएका थिए । ओवामा २ पटक राष्ट्रपति निर्वाचित भएजस्तै उनी पनि २ पटक उपराष्ट्रपति भएका थिए । यस किसिमले राजनितिको विभिन्न तहमा बसेर उनले धेरै अनुभव हासिल गरेका छन् ।

अनुभवले खारिएका कुरा उनको उमेरले पनि देखाउँछ । तर उनको उमेरमा कसैले टिप्पणी गरेको सुनिएको छैन । विश्वकै मानिसहरुले पनि उनलाई धेरै आशा र अपेक्षाको दृष्टिले हेरिरहेका छन् । उनका उपराष्ट्रपति भारतीय मुलकी कमला ह्यारिसले जितेकीले यस क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पारेको छ । अमेरिका विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक हो । यसको महत्वपूर्ण निर्णयले विश्व नै प्रभावित हुन्छ । त्यस्तो राष्ट्रको राष्ट्रपतिमा जो वाइडेन राष्ट्रपति भएका छन् । राष्ट्रपति वाइडेनप्रति विश्वले धेरै अपेक्षा गरेको छ । राष्ट्रपति वाइडेनले पनि आफ्नो सपथ ग्रहणमा शान्ति र एकतामा जोड दिएका छन् । उनको त्यो भनाइले पनि आशाको सञ्चार गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width