माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको अध्यक्ष पदमा फेरि निर्वाचित भएका छन् । उनी पार्टीको आठौं महाधिवेशनबाट निर्विरोध भएका छन् । यसपटक पार्टीहरुको राष्ट्रिय महाधिवेशनमा सत्ता हस्तान्तरण र पुस्ता हस्तान्तरणको नारा धेरै चर्केको बेलामा पनि माओवादी केन्द्रमा त्यस्तो कुनै आवाज सुनिएन । त्यस्तो आवाज नसुनिएकाले उनी निर्विकल्प अध्यक्षका रुपमा रहेका थिए । त्यसमा पनि पार्टीको आन्तरिक राजनीतिमा सबै पदहरुमा सहमतिमा निर्वाचित गर्ने प्रयास भएको बेला उनीविरुद्ध आँखा लगाउने कुरै थिएन । उनलाई अध्यक्षमा निर्वाचित गरियोस् भनी सम्भावित उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने अर्का सम्भावित उपाध्यक्ष कृष्णबहादुर महराले समर्थन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष दाहालको जन्म कास्की जिल्लामा भएको थियो । तापनि उनको कार्य क्षेत्र चितवनमा भयो । गएको संसदीय निर्वाचनमा उनी चितवनबाटै जितेर प्रतिनिधिसभामा पुगेका थिए । २ पटक प्रधानमन्त्री भएका उनी वरिष्ठतम नेता मानिन्छ । वर्तमान सरकारको गठबन्धन बनाउनमा उनको ठूलो भूमिका रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकेपछि उनी ओलीको कटु आलोचक भएका छन् । ओलीको सत्तापतन गराउन उनले अथक प्रयास गरेका छन् । सत्ता गठबनधनकै कारण एमाले प्रदेश सरकारहरुबाट पनि विस्थापित भएको छ । हालै चुनाव हुन गइरहेको राष्ट्रिय सभाका सदस्यको चुनावमा पनि एमाले भर्सेज सत्ता गठबन्धन भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको नेतृत्व गरे । त्यसपछि शान्ति सम्झौता गरी राष्ट्रको मूलधारमा आए । २०६५ सालमा भएको चुनावमा माओवादी पार्टी सबैभन्दा ठूलो पार्टी भएर देखाप¥यो । त्यसबेला उनको नेतृत्वमा देशमा परिवर्तन हुन्छ, विकास र निर्माण हुन्छ भन्ने आशा अपेक्षा गरिरहेको थियो । सरकारी कर्मचारीहरु पनि सजग र सतर्क थिए । विकासको लागि अनुकूल समय बनेको थियो तर त्यो सरकारले आफूले गर्नुपर्ने कामको प्राथमिकता नै तोक्न सकेन । अहंकार यति बढ्यो कि त्यसले जे गर्न पनि सक्छ र जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकास भयो । तुरुन्तै कम्युनिजम ल्याउने तानाबाना बुन्न थाले । त्यसको लागि बाटो सफा गर्ने क्रममा कमान्डर इन चिफ भएका रुक्माङ्त कटुवाललाई बर्खास्त गर्ने प्रयास गरे । पशुपतिको मन्दिरबाट पुजारी भट्टहरुलाई हराउने प्रयास गरे ।
त्यस्तै खुद्रा काममा अलमलिए । कटुवाल प्रकरण यत्ति ठूलो भयो कि प्रधानमन्त्री दाहाल आफैंले राजीनामा गर्नुप¥यो । विकासको लागि बनेको महत्वपूर्ण अनुकूल समय खेर गयो । त्यसको साथै उनले विकास गर्छ भन्ने जुन भावना थियो, त्यो पनि हराउँदै गयो । उनी पनि अन्य नेताहरुमा गनिए । उनी दोस्रो पटक पनि प्रधानमन्त्री भए । तर केही उपलब्धि भएन । हुँदाहुँदै उनको पार्टी पनि खिइएर सानो हुँदै गयो । चुनाव आयो कि कहिले कोसँग मिल्नुपर्ने, कहिले कोसँग मिल्नुपर्ने भयो । पार्टीको आकार र साइजजस्तो भए पनि पार्टीभित्र उनको एकलौटी छ । आठौं महाधिवेशनले उनलाई एक अवसर दिएको छ । यो अवसरको फाइदा उठाएर उनले पार्टीलाई के कति ठूलो बनाउँछ त्यो भने हेर्नुपर्ने नै भएको छ । त्यस हिसाबले यो अवसर अथवा अब आउने परिस्थिति उनको लागि ठूलो चुनौती पनि हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१