लोकतन्त्रको सुन्दर पक्षहरुमध्ये एक निर्वाचन हो । लोकतन्त्रमा निर्वाचन आवधिक रुपमा हुन्छ । आवधिकरुपमा हुने भएकाले नेताहरुले सबै निर्वाचनलाई एउटै सम्झन्छन् । बाहिरबाट हेर्दा सबै निर्वाचन उस्तै देखिए पनि कुनै निर्वाचनको ठूलो महत्व हुन्छ । त्यस्तो महत्वको बेला मतदाताको भावनामा परिवर्तन आउँछ र उनीहरुले उम्मेदवारहरुको फेदैदेखि परीक्षण गर्न थाल्दछन् । उनीहरुले त्यसरी परीक्षण गरेपछि छनोटमा धेरै परिवर्तन हुन्छ र नयाँ अनुहारले जित्ने अवस्था आउँछ । यस पटकको निर्वाचन निश्चय नै महत्वपूर्ण निर्वाचन हो । विगतको स्थानीय तहको निर्वाचनले पनि त्यो देखाएको छ । स्थानीय तहको निर्वाचनमा केही नयाँ र धेरै युवाहरु निर्वाचित भएर आएका छन् । यसले राम्रो लक्षण देखाएको महसुस भएको छ तर निर्वाचित केही जनप्रतिनिधिले भने कामलाई भन्दा भाषणलाई महत्व दिने गरेका छन् र खूब भाषण गर्दै छन् । मानौं, उनीहरु भाषण गर्ने कला प्रदर्शन गर्न आएका हुन् ।
देशले संघीय संरचना स्वीकारेको र संविधानले स्थानीय तहलाई धेरै अधिकार प्रत्यायोजन गरेकोले स्थानीय तहलाई सिंहदरबार भनिएको छ भन्नेहरुले सिंहदरबार घरआँगनमा आएको भन्ने गरेका छन् । तर सिंहदरबारले जे–जस्तो काम गर्नुपर्ने हो, विगतमा त्यो भएन । भ्रष्टाचारको रोग भने स्थानीय तहमा व्यापक भयो । कोष तथा लेखा नियन्त्रण, कार्यालय र अख्तियारले पनि त्यसबारे पटक–पटक टिप्पणी गरेको सर्वविदित छ । विगतका ती अवाञ्छित कार्यलाई अहिलेका जनप्रतिनिधिहरुले नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्नु पर्दछ । फेरि स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई पराजित गरी स्वतन्त्र उम्मेदवारले जितेको कुरा नेताहरुले भुल्नु हुँदैन ।
मतदाताहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई महत्वका रुपमा हेरिरहेका छन् । मतदाताहरुको आपसी समझदारीता बढ्दै गएको छ । एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर नेताहरु चुनाव जित्न गठबन्धन र तालमेल गर्दै छन् । आफू जित्न त्यस्तो तालमेल र गठबन्धन गर्नु स्वभाविक हो । तर त्यो नै पर्याप्त होइन । विगतमा बालेन शाह र अन्य स्वतन्त्र उम्मेदवारहरुले शानदार विजय हासिल गरेको कुरालाई नेताहरुले बिर्सेजस्तो छ । स्वतन्त्र उम्मेदवार हुन धेरै सल्बलाइरहेका छन् । नेताहरु आपसमा गालीगलौज गरिरहेका छन् भने बाहिर उनीहरुको विरुद्ध जवर्जस्त मोर्चाबन्दी हुने सम्भावना पनि बढ्दैछ । केही नेताहरुका लागि यो पटकको चुनावी माहोल त्यत्ति उपयुक्त हुने देखिंदैन । शीर्ष नेताहरुले पनि भाषणमात्र गरे काम गरेनन् । आफ्नो स्वार्थ पूर्ति गरे तर देशको विकास गरेनन् । केही वर्षदेखि देश आर्थिकरुपले कमजोर हुँदै गएको छ । तर त्यसको चिन्ता नेताहरुमा भएको पाइँदैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१