विपत्तिमा ठूला दलको वेवास्ता

Avatar सम्पादक
असाेज २५, २०७७

१. देशमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । सक्रिय संक्रमित पनि २५ हजारभन्दा बढी भईसकेको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि छ सय नाघिसकेको छ । दिनहुँ चार हजार भन्दा बढी संक्रमित देखिदैछनन् ।

२. कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरु भरिसके । गम्भीर प्रकृतिका संक्रमितलाई उपचारका लागि आइसियु वेड पनि समेत खालि नभएको समाचार आईरहेको छ । सरकारले पनि वेहोस अवस्थामा बाहेकका विरामी अस्पताल नल्याउन उर्दी जारी गरेको छ । यस अवस्थामा आज जनसमुदाय अन्यौलको अवस्थामा परेर छटपटाईरहेको अवस्था छ ।

३. चाडवाडहरु मुखमा आइरहेका छन् । ६ महिना अघि भएको लकडाउन र त्यसपछिका विशेधाज्ञाका कारण उद्योग धन्दा बन्द हुनुका साथै रोजगारी समेत गुमेको कारण आर्थिक समस्याले प्रताडित हुनु परेको छ । रोगले भन्दा पनि भोकले मानिसहरु बेचैन बनिरहेका छन् । दशैं मनाउने कुरो परै जाओस, साँझ विहान हात मुख जोड्न र प्राण धान्नै मुस्किल बनेको छ ।

४. यस्तो अवस्थामा देशका ठूला पार्टीहरु भने आफ्नै आन्तरिक झै झगडामै रुमल्लिरहेका छन् । पदको भागवण्डाको लागि यिनले जनता पनि विर्सिएका छन् । कसले हामीलाई यो तहमा पुर्‍यायो, तिनका लागि हामीले के गर्नुपर्ने हो चटक्कै विर्सेर व्यक्तिगत स्वार्थमा लाग्नु विडम्बना हो । कोरोनाले त्राही त्राही बनाएको छ । धान छोडेर लव्सीमा भने झै नेताहरु अन्यन्त्र लागिरहेका छन् ।

५. कोरोना महामारीको वेला यसबाट जनतालाई बचाउन ठुला पार्टीले भूमिका खेल्न सक्छन् । जनचेतना फैलाउने, स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्न लगाउने, भौतिक दूरी बढाउने लगायतका कार्यमा पनि आफ्ना कार्यकर्ता निस्किएको देखिएन । नेताहरुले केवल आफ्ना समर्थनमा मात्रै कार्यकर्ता उफार्न उदेश लाग्ने कुरा हो । भोलि पनि हामीलाई जनता चाहिन्छ भन्ने भावना नै नभएको जस्तो भएको छ । पार्टी बचाउने हो भने जनताका समस्यामा ध्यान दिनु जरुरी छ ।

हाम्रो सुझाव