पोखरा विश्वविद्यालयमा नयाँ उत्साह

सम्पादक
असाेज २२, २०७७

१. पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको उपकुलपति पद पूर्ति भएपछि नयाँ उत्साह छाएको छ । नव नियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण आर्यालले आइतबार पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री एवमे पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसँग विश्वविद्यालयको ऐन २०५३ प्रा.डा. अर्याललाई अघिल्लो बुधबार नियुक्त गरेका थिए । वि.सं. २०११ मा गुल्मीको आरुचौरमा जन्मेका अर्यालको स्थायी ठेगाना चितवन रहेको र हाल काठ्माडौं बस्दै आएका थिए ।

२. प्रा.डा. अर्यालले त्रिविबाट शिक्षाशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । २०३८ मा प्राध्यापम सुरु गरेका उनी २०७४ मा निवृत्त भएका थिए । बनासर हिन्दु विश्वविद्यालयबाट बाल विकास शिक्षामा विद्यावारिधि गरेका अर्याल यसअघि २०७४ सालमा गठित उच्चस्तरीय शिक्षा आयोगको सदस्य, युनेस्को क्लब राष्ट्रिय महासंघको अध्यक्ष शैक्षिक अनुसन्धान तथा सामाजिक विकास अध्यक्ष, सार्कको क्षेत्रीय सहयोग, केन्द्रको शिक्षा सम्बन्धी प्रशिक्षक रहेर काम गरेका थिए ।

३. शिक्षा सम्बन्धी नै लामो अध्ययन अनुसन्धान जिम्मेवारी सम्हालेका प्रा.डा. अर्यालको विज्ञता र अनुभवको फल पोखरा विश्वविद्यालयले पाउने विश्वास गरिएको छ । पोखरा विश्वविद्यालयमा एक वर्षदेखि उपकुलपति लगायतका उच्च पदहरु रिक्त रहँदा विश्वविद्यालयको नियमित अध्ययन, अध्इापन तथा कार्यलय सञ्चालनमा अवरोध भएको थियो । यसैगरी विश्वविद्यालयको शैक्षिक कार्यक्रम तथा सुधारका कार्यहरु समेत प्रभावित भएको थियो । उक्त अन्यौल हटाउन विद्यार्थीहरुले छिटो उपकुलपति नियुक्त गर भनेर चरणबद्ध आन्दोलन गर्नुपरेको थियो ।

४. नव नियुक्त उपकुलपति प्रा.डा. अर्यालबाट पदभार ग्रहणका क्रममा म जागिर खान आएको होइन, चुनौतिहरु स्वीकारेर आएको भन्दै विश्वविद्यालयलाई विश्व विद्यालयकै रुपमा स्थापित गर्न लागि पर्ने जुन अठोट व्यक्त भएको छ त्यस कुराले सबैलाई उत्साह पलाएको छ । सबैले व्यक्तिगत स्वार्थबाट माथि उठेर गरिमा बढाउन सबैको प्रतिबद्धता र त्यस अनुरुपको व्यवहारको खाँचो छ ।

५. पोखरा विश्वविद्यालय गण्डकी प्रदेशको मात्र होइन राष्ट्रकै गौरव हो । स्थानीय, जनता, उद्योगी, व्यवसायी, शिक्षासेवीहरु एकजुट भएर कवि शिरोमणी लेखनाथको जन्मस्थलमा स्थापित यो विश्वविद्यालयमा पोखरेली जनातको रगत, पसिना र शैक्षिक उन्नतिको ममता गाँसिएको छ । यसको नेतृत्व सम्हाल्नेहरुले कुनै आग्रह पूर्वाग्रह नराखी उत्कृष्ट विश्वविद्यालयको रुपमा विश्वमै परिचित गराउन प्रतिबद्ध भएर लागि दिए पोखरेली जनताले सन्तोषको सास फेर्न पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width