पोविमा आन्दोलन

सम्पादक
श्रावण ११, २०७७

१. पोखरा विश्वविद्यालयमा उच्च पदाधिकारीको तत्काल नियुक्ति गर्न माग गर्दै विद्यार्थीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयको शुक्रबार शान्तिपूर्ण धर्ना दिए । साथै कुलपति समेत रहेका प्रधानमन्त्री र सह–कुलपति शिक्षा मन्त्रिी समक्ष प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका थिए ।

२. पोखरा विश्व विद्यालयमा उपकुलपति, रजिष्टार, परीक्षा नियन्त्रक, डिन र निर्देशकसमेत गरी पाँच प्रमुख पदहरु रिक्त रहेका छन् । उपकुलपति र रजिष्टार पद कार्यवाहक दिइएपनि उनीहरु पनि सेवा अवधि सकिएर विदाई भएको जनाइएको छ । ती पदहरुमा पूर्णकालीन नियुक्त यथासिघ्र गर्न विद्यार्थीहरुले माग गरेका हुन् ।

३. पोखरा ढुङ्गेपाटनमा केन्द्रीय कार्यालय रहेको पोखरा विश्वविद्यालयमा स्कुल अफ विजनेस, स्कुल अफ ईन्जिनियरिङ, स्कुल अफ सोसल अफ सोसल डेभलपमेन्ट, स्कुल अफ हेल्थ एण्ड एलाइज साइन्स गरी चार संकायमा पढाई हुने गरेको छ । साथै देशका ५८ वटा कलेजहरु पोखरामा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त छन् । उक्त विश्वविद्यालय उच्च पदाधिकारी विहीन हुँदा अध्ययन अध्यापन, परीक्षा लगायत विकास विस्तार समेत प्रभावित बनेको छ ।

४. पोखरा विश्वविद्यालय पोखरावासीको गौरब हो । यो विश्वविद्यालय स्थापनका लागि पोखराका शिक्षाप्रेमी, बुद्धिजिवी, उद्योग व्यवसायी एवम् सर्वसाधरणको ठूलो योगदान रहेको छ । प्रारम्भिक अवस्थामा जुन लक्ष्य उघेश्य र उत्साहसाथ स्थापना भएको थियो, पछिल्ला वर्षमा राजनीतिक हस्तक्षेप र भागबण्डाका कारण विभिन्न समस्याहरु देखा परेका छन् । वेला वेलामा हुने आन्दोलन र तोडफोडले अध्ययन अध्यापनमा समेत अवरोध हुने गरेको छ । अहिले आएर उच्च पदाधिकारीहरु नहूँदा प्रशासनित तथा नियमित सञ्चालनमा समेत नेतृत्व विहीनको अवस्थामा पुगेको छ । यसले सबैलाई चिन्तित बनाएको छ ।

५. सबै विकासको आधार शिक्षा मानिन्छ । विश्व विद्यालय त शिक्षा क्षेत्रको पुञ्ज नै हो । विश्वभर मान्यता राख्ने यस संस्थामा हुने कमी कमजोरीको असर ठूलो पर्दछ । तर सरकारले यस्ता संवेदनशीष्ल कुरामा पनि वेलैमा ध्यान दिएको पाइदैन । उच्च पदाधिकारीको नियुक्तीको ढिलाईले विश्व विद्यालयका विद्यार्थीहरुको भविष्यमाथि समेत खेलवाड हुदैछ । यस अवस्थामा विद्याथीृहरुले जनु माग राखेर आन्दोलन गरेका छन्, यो सकारात्मक छ र मागको सुनुवाई छिटो गरिनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width