पोखरा महानगरका कार्यक्रम

सम्पादक
असार १२, २०७७

१. पोखरा महानगरपालिकाले बुधबार आ.व. ०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो । आगामी वर्षका लािग ६ अर्व १९ करोड ७१ लाख ३८ हजारको बजेट ल्याइएको छ । त्यसमध्ये चालु खर्चतर्फ ३ अर्व २० करोड ८४ र पूँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छुट्टाइएको छ । गत वर्ष ७ अर्व ५४ लाखको बजेट ल्याइएको थियो ।

२. वजेटमा सबैभन्दा बढी रकम सडक र पुल निर्माणका लागि छुट्टाइएको छ । सडकमा ६५ करोड र पुलका लागि १३ करोड रकम राखिएको हो । सहरी सडक कंक्रिट देखि लिएर विजयपुर देखि माझठाना, पामे–घाँटीछिना, फूलबारी–स्यालेचौर, कालिकाचोकबाट थुम सडक निर्माण गरिने भएको छ । महेन्द्रपुलमा आकासेपुल निर्माण गरिने छ । यसैगरी एडिवीको सहयोगमा तालचोक–वेगनास ताल सडक, गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा परेका बसपार्क र लेखनाथको लामेआहाल वसपार्क निर्माण योजना राखिएको छ । साथै वडाका कार्यक्रमहरु सम्पन्न गर्न २३ करोड छुट्टाइएको छ ।

३. पूर्वाधारतर्फ २ अर्व ७३ करोड छुट्टाइएको महानगरले स्वास्थ्य क्षेत्र कोरोना विशेष कार्यक्रमका लागि २८ करोड, कोरोना विशेष रोजगारीका लागि ३ करोड बजेट रहेको छ । पर्यटन क्षेत्र विकासका लागि २ करोड विनियोजन गरिएको छ । यसैगरी जनस्वास्थ्य कार्यक्रम, ५० शैयाको सरुवा रोग अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यक्रम, संघीय सरकारसँगको सहकार्यमा कृषि तथा पशु विकास कार्यक्रम पनि रहेका छन् ।

४. महानगरले ल्याएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना रहेका छन् । लकडाउनबाट पीडितहरुका लागि ३ महिनाको घरभाडा र वहालकर छुट गरिएको छ । यसैगरी ग्रामीण क्षेत्रको नक्सा पास गर्दा ५० प्रतिशत छुट, अपाङ्गता भएका, पिछडिएका तथा महिलाले व्यवसाय दर्ता तथा कृषि व्यवसायका लागि पनि ३० प्रतिशत छुट गरिएको छ । लकडाउनमा घरभाडा छुट गर्ने घरधनीले घर वहाल कर पुरै छुट पाउने छन् ।

५. कोरोना संक्रमणका कारण भएको लकडाउनबाट परेको असरमा राहत पुग्ने खालको ठोस कार्यक्रम नरहेको र पर्यटन क्षेत्रको विकासमा पनि बजेट सीमित रहेको छ । बजेट धेरै ठाउँमा छर्नुको सट्टा प्राथमिकता क्षेत्रहरु छुट्टाएर योजनालाई समयमै पुरा गर्ने तर्फ ध्यान दिनु पर्दछ । नगरको विकासको लागि अत्यावश्यक कुराहरुमा दृष्टि पु¥याई त्यस अनुरुप कार्यक्रम पारित गर्न नगरसभासदहरुको भूमिका हुनुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width