Worldlink ads

पोखरा बसबिसौनी कहिले बन्छ ?

Avatar सम्पादक
मंसिर २९, २०७७

१. पोखरा पर्यटकीय नगरी हो । पर्यटकीय नगरी भएकोले यसलाई सफासुग्घर राख्नुपर्दछ भन्ने चेत पोखरावासीमा छ । त्यहीँ चेत भएकोले यसलाई सफासुग्घर राख्न यहाँ अनेक प्रयास गरिएको छ । कहिले ग्रीन बेल्टको कुरा आउँछ भने कहिले ‘स्वच्छ, सुन्दर, हराभरा–पोखरा’ को नारा आएको सर्वविदितै छ ।

२. चुनावको बेला मतदाता आकर्षित गर्न स्मार्ट सिटीको कुरा पनि जोडतोडसाथ आएको थियो । स्मार्ट सिटी कस्तो हुन्छ, के हुन्छ भन्नेमा धेरै अन्यौल थिए । कोही स्मार्ट सिटी बनाएपछि थाहा भइहाल्छ भनेर स्मार्ट सिटी हेर्न धैर्यधारण गरेका थिए । बिजुली पोलमा झुन्डिएको केही मिटर तार फ्याँकेर त्यसको शुभारम्भ गरिएको थियो ।

३. सडकमा कतै खाल्डो परेमा त्यसलाई १ घण्टाभित्र पुरिने प्रतिबद्धता पनि आएको थियो । प्रतिबद्धताकै कुरा गर्दा जनप्रतिनिधि र पार्टीहरुले सबभन्दा धेरै पटक प्रतिबद्धता जाहेर गरेको पोखराको बसबिसौनी हो । प्रत्येक चुनावमा उम्मेदवारको घोषणापत्रमा त्यो प्रतिबद्धता लेखिएको हुन्छ ।

४. पोखराको बसबिसौनी बनाउने भनिएको दशकौं भएको छ । अहिलेको जनप्रतिनिधिले र तिनीहरुका पार्टीहरुले पनि त्यो प्रतिबद्धता दोहो¥याएका थिए । हामीले पनि त्यो कुरा उल्लेख गरेर यसै स्तम्भमा त्यो कुरा उल्लेख गरेका थियौं । कहिलेकाहीँ त्यहाँ केही गरे झैं नगरिएको होइन तर त्यसले कहिल्यै निरन्तरता पाएन ।

५. पोखरा बसबिसौनी पोखरा बजारको मुख्य ठाउँ पृथ्वीचोकमा अवस्थित छ । त्यो बिसौनी अव्यवस्थित किसिमले संचालन गरिएकोले त्यहाँ फोहोर छ । धुलो उड्छ । वातावरण प्रदूषित हुने गरेको छ । त्यसले सुन्दर पोखरालाई गिज्याएझैं भएको छ । जनप्रतिनिधि र सरकारमा बस्नेहरु त्यहीँ ठाउँ भएर आउनेजाने गर्दछन् । उनीहरुले नदेख्ने कुरै भएन ।

६. तैपति बसबिसौनी किन बन्न सकेन ? यो यत्ति पुरानो कुरा भयो कि यो कसले बनाउने भन्ने नै बिर्सिसकेकोजस्तो छ । महागनरपालिका, नगर योजना, प्रदेश सरकार वा केन्द्रीय सरकार कसले बनाउने हो, कस्को दायित्व हो ?

७. हामीकहाँ विकासका कुरा धेरै हुन्छ । विकासको योजना तानातान गरिन्छन् । योजनामा बजेटको रकम छानिन्छन् । पाउनेहरु दङ्ग पर्दछन् । तर, जनप्रतिनिधि, योजनाकार, नीतिकार सरकार कसैको दृष्टि पनि बसबिसौनीतिर आकर्षित नहुनु आश्चर्यको कुरा हो । यो अकर्मण्यता हो । यसको लागि विकासप्रेमीले आवाज उठाउनुपरेको छ र सोध्नुपरेको छ–बसबिसौनी कहिले बन्छ ?

Related News

सम्बन्धित समाचार

    • कांग्रेसको बढ्दो भूमिका

      Avatar सम्पादक माघ ११, २०७७
      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई चिरामा विभाजित भएको छ । तीमध्ये ओली पक्ष सत्तामा आसीन छ भने अर्को पक्ष ओलीको…
    • राष्ट्रपति वाइडेनबाट अपेक्षा

      Avatar सम्पादक माघ ९, २०७७
      डेमोक्रेटिक पार्टीका नेता जो वाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । राष्ट्रपतिका रुपमा उनी ३ महिना पहिले नै निर्वाचित भएका…
    • कोरोना पीडितलाई ऋण

      Avatar सम्पादक माघ ८, २०७७
      गण्डकी प्रदेश सरकारले कोरोना पीडितहरुलाई उद्योग व्यवसाय सञ्चालनका लागि निब्र्याजी ऋण दिने स्कीम तयारी गरेको छ । सरकारको त्यो स्कीम…
    • मूल्य बृद्धिको मार

      Avatar सम्पादक माघ ७, २०७७
      दैनिक उपभोगका सामानदेखि निर्माण सामग्रीसम्मको भाउ अहिले आकासिएको छ । किन र के कारणले मूल्य बढको छ भन्ने कसैलाई थाहासम्म…
    • राजनीतिमा उत्तेजना

      Avatar सम्पादक माघ ६, २०७७
      प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दिनदेखि नेपाली राजनीतिमा नयाँ अध्याय सुरु भएको छ । त्यस दिनदेखि दलहरु…

    hero news full width