प्रधानमन्त्री देउवाको रेकर्ड

सम्पादक
असाेज ८, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे २ महिना बिताएर पनि आफ्नो मन्त्रिपषिद्लाई पूर्णता दिन सकेनन् भनेर व्यापक गुनासो आइरहेको बेला बुधबार उनले आफ्नो पार्टीका नेता नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएका छन् । उनले खड्कालाई परराष्ट्र मैत्री बनाउनुलाई आवश्यकता अनुसार भन्ने गरेका छन् । संयुक्त राष्ट्र संघको साधारण सभामा नेपालको प्रतिनिधित्व गर्न र दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को अध्यक्षको नाताले त्यसको बैठकको अध्यक्षता गर्न नेपालको मन्त्रीको आवश्यकता भएकाले खड्कालाई परराष्ट्रमन्त्री बनाएर राष्ट्र संघमा पठाइएको जनाइएको छ । नवनियुक्त मन्त्री खड्का बुधवार शपथ ग्रहणको लगत्तै अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाले यसअघि पनि आवश्यकता अनुसार भनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका थिए । यस्तै गरेर आवश्यकता अनुसार एक–एक जना मन्त्री नियुक्त गर्दै गएमा मन्त्रिपरिषद्ले पूर्णता पाउन कति महिना वा वर्ष लाग्ने हो अहिले भन्न सकिने अवस्था छैन ।
मन्त्रिपरिषद्ले साढे २ महिनाभन्दा धेरै समय बिताएर पनि पूर्णता पाउन नसक्नु अहिलेसम्मको इतिहासमा एउटा रेकर्ड हो । सामान्य दृष्टिबाट हेर्दा प्रधानमन्त्री देउवा एक औषत व्यक्ति हुन् । औषत व्यक्तिले औषत काम गर्दछ भनिन्छ । तर किन हो उनको काम औषतभन्दा अलि फरक देखिने गरेका छन् । उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन साढे २ महिनाभन्दा बढी समय लगाउनु मात्र रेकर्ड होइन, यो पनि उनी प्रधानमन्त्री हुन पनि एक रेकर्ड हो । यस पटक उनी पाँचौं पटक प्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्री देउवा र उनको प्रधानमन्त्रीकालको रेकर्डको चर्चा धेरैले धेरै किसिमले गर्ने गरेका छन् । ती सबैको फेहरिस्त उतार्दा यहाँ उल्लेख गर्नु हाम्रो उद्देश्य होइन तर उनलाई प्रधानमन्त्रीका रुपमा सम्झनासाथ धेरैले एउटा कुरा सम्झने गर्दछन् । त्यो हो, जम्बो मन्त्रिपरिषद् । उनी २०५८ सालमा प्रधानमन्त्री भएको बेला उनले जम्बो मन्त्रिपरिषद् गठन गरेका थिए । उनले आपूm प्रधानमन्त्री पदमा टिकीरहन जम्बो मन्त्रिपरिषद्को गठन गरेका थिए । त्यसबेलाको मन्त्रिपरिषद्मा १८ जना मन्त्री, १६ जना राज्यमन्त्री तथा ७ जना सहायक मन्त्री थिए । त्यसबेला उनले इतिहासकै ठूलो मन्त्रिमण्डल गठन गरेका थिए भने अहिले उनले ७÷८ जना मन्त्रीहरुबाट काम चलाउँदै छन् । मन्त्रीहरुको संख्या बढाउनु पर्दा पनि आवश्यकता अनुसार भनेर १–१ जना थप्दैछन् । यस किसिमले १–१ जना थप्दै मन्त्रिहरुको संख्या बढाउँदै लैजानु पनि एक रेकर्ड हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width