प्रधानमन्त्री देउवाका चुनौती

सम्पादक
असार ३१, २०७८

नेपालको संसदीय अभ्यासमा शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् । उनले २०७८ असार २९ मा प्रधानमन्त्रीको शपथ ग्रहण गरे । सबैभन्दा पहिले २०५२ सालमा पहिलो पल्ट प्रधानमन्त्री बनेपछि उनको कार्यकारी प्रमुखको यात्रा सुरु भएको थियो । त्यसपछि क्रमशः २०५८, ०६१, २०७४ मा प्रधानमन्त्री बने । केपी ओली सरकारले गत वर्ष पुस ५ मा संसद् भंग गरेसँगै सुरु भएको विभिन्न श्रृंखलापछि अन्ततः सर्वोच्च अदालतको परमादेशसँगै ओलीको पदच्यूतसँगै देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । विगतमा भन्दा यसपालिको सत्तारोहण भने फरक रह्यो । त्यसैले काँग्रेस सभापति समेत रहेका देशका कार्यकारी प्रमुख देउवालाई उस्तै चुनौतीको पहाड कायमै छन् ।
संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री बनेका देउवाको पहिलो चुनौती प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नु हुनेछ । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रममा दाबी पेस गर्दा १ सय ४९ सांसदले समर्थन गरेको हस्ताक्षर थियो । जसपाको महन्थ ठाकुर पक्ष वा एमालेको माधव नेपाल पक्षले नसघाएको अवस्थामा उनी स्वतः कामचलाउ हुने छन् । संसद्मा कुल सांसदको बहुमत पुर्‍याउन १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । बहुमत नपुगे मुलुक मध्यावधि निर्वाचनतर्फ धकेलिने छ । दलीय हिसाबले कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ उनको पक्षमा १ सय ९ मत स्पष्ट नै छ । जसपाका उपेन्द्र यादव पक्षका १२, राजमोका १, स्वतन्त्र १ सांसदले पनि देउवालाई सघाउन सक्छन् । यस हिसाबले १ सय २३ सांसद पुगे पनि थप १३ सांसद अन्यबाट खिच्नुपर्छ । विकल्प जसपाको महन्थ ठाकुर वा एमालेको नेपाल पक्ष हुनेछ । पार्टी एकता कसरत भइरहँदा नेपाल पक्षले सघाउलान् भन्न सकिने अवस्था छैन । संसदमा साना ठूला सबै दललाई मिलाएर लैजानुपर्ने चुनौतीसँगै देश संविधानतः मध्यावधि निर्वाचनतर्फ धकेलिए अर्को चुनौती थपिनेछ ।
उता, प्रममा एमाले अध्यक्ष ओलीकै निरन्तरताको अपेक्षा गरेकी राष्ट्रपतिले काँग्रेस नेतृत्वको सरकारलाई असहयोग गर्ने सम्भावना बढी छ । यी २ संस्थाबीच भोलिका दिनमा असमझदारी बढ्ने सम्भावना रहेकोले सो चिरेर देउवा अघि बढ्नुपर्ने अर्को चुनौती खडा छ । संसदमा १ सय ४४ सांसद संख्या रहेको नेकपा एमाले बलियो प्रतिपक्षी हो । आफ्नो स्पष्ट बहुमत नभएको अवस्थामा देउवालाई आगामी दिनमा अल्पमतमा पर्ने सम्भावना छ । त्यसैले विभिन्न नीति, कानुन पास गराउन देउवालाई कठिन हुनेछ । जनताको जनादेश नभई सर्वोच्चको परमादेशबाट बालुवाटार छोड्नुपरेको बताउने केपी शर्मा ओलीले आगामी दिनमा देउवाविरुद्ध उखान तुक्का प्रहार गर्दै असहयोग गर्ने प्रवल सम्भावना छ । साथै अहिले मिले पनि कुनै परिस्थिति फेरबदल भए माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको पनि सोच एक्कासि नफेरिएला भन्न सकिन्न ।
कोरोना महामारीबीच देशमा महँगी, भ्रष्टाचार, अनियमितता जारी कायम रहेको अवस्थामा सुशासनको प्रत्याभूति दिलाउँदै खोपको सुनिश्चित गर्नु र चुनाव देउवाका थप चुनौती छन् । साथै पार्टी महाधिवेशन तयारी रहेको अवस्थामा आफ्नो छवि सुधार्दै पार्टी सुधार्नु ७५ वर्षीय देउवाको अर्को चुनौती हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width