गर्बिलो संस्थाबाट अपेक्षा

सम्पादक
पौष २४, २०७७

पोखराको सर्वाधिक जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३३ औं वार्षिक महाधिवेशन यही पुस २४ र २५ गते हुँदैछ । महाधिवेशनले एउटा संस्थाको जीवनमा धेरै माने राख्दछ । महाधिवेशनले नीतिनियम र कार्यक्रम पारित गर्ने मात्र होइन, यसे नयाँ नेतृत्वको समेत निर्वाचन गर्ने भएकोले यसको ठूलो महत्व छ । पोखरामा केही दिनदेखि सर्वत्र यसको चर्चाछ । पोखरा उद्योग वाणिज्य संघ निश्चय नै पोखरका उद्योगी व्यापारीहरुले गठन गरेका हुन् । तर उद्योगी व्यापारीहरुले गठन गरेको भए पनि यसले यहाँको शैक्षिक, सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । बाल मन्दिर, पृथ्वीनारायण कलेजदेखि पोखरा विश्वविद्यालय स्थापना गर्नमा यसको योगदान गरेको स्मरणीय छ ।

संघले शैक्षिक सामाजिक क्षेत्रको आफ्नो उत्तरदायित्व निर्वाह गर्दै उद्योगी व्यापारीहरुको हकहितका लागि ऐतिहासिक कदम चालेर लोकप्रिय संस्थाको रुपमा आफ्नो चिनारी बनाएको थियो । केन्द्रमा समेत यसले राम्रो प्रभाव पारेको थियो । केन्द्रमा समेत यसको प्रभाव राम्रो भएकोले यसका प्रतिनिधिहरु नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदहरुमा निर्वाचित भएका थिए । संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी महासंघको गरिमामय अध्यक्ष पदमा निर्वाचित भएर आसिन भएका थिए । त्यसपछि पनि संघका प्रतिनिधिहरुले त्यहाँ उचित स्थान पाउने गरेका छन् । यस्तो गरिमामय इतिहास बोकेको त्यस संस्थाको गरिमा कायम राख्नु अहिले आफैमा एक चुनौती भएको छ । यसको आम्दानीको स्रोत खुम्चिएको छ । कुनै बेला तालिम प्रशिक्षणको चहल पहल हुने गर्दथ्यो भने अहिले त्यस्तो देखिँदैन । कुनैबेला अन्य जिल्लाका उद्योग वाणिज्य संघहरुको सचिवालय आधुनिक बनाउने आदि काममा समेत यसको भूमिका रहेको थियो भने अब त्यस्तो पनि छैन ।

तैपनि पोखरा उद्योग वाणिज्य संघ भनेपछि यसको अर्के प्रभाव छ, र आकर्षण छ । यसलाई सशक्त, सक्रिय र सुदृढ बनाउनु पर्दछ भन्नेमा सबैको एकमत छ । यसको लागि हिजो पसिना बगाएकाहरु अहिले पनि आफूले के गर्नुपर्ने हो गर्न तैयार छन् । उनीहरुको एकमात्र चाहना छ यो संस्था सधैं सशक्त भइरहनु पर्दछ । यसको नेतृत्व लिनका लागि युवाहरु सक्रिय भएर लागिरहेका छन् । यो सुखद लक्षण हो । निर्वाचनमा जीत र हार निश्चय नै हुन्छ । जीतले संगठनको चुनौतीलाई राम्ररी पहिचान गरेर, यसको ऐतिहासिक गरिमालाई हृदयंगम गरेर तथा के गरेर संगठन चुस्त र फुर्तिलो पार्न सकिन्छ, त्यो गर्नु पर्दछ । हार्नेने पनि नेतृत्वले उठाएको राम्रो काममा साथ र सहयोग गर्नु पर्दछ । सबै मिलेर पुरानो संगठनलाई सुदृढ पार्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width