१. यतिखेर फेवातालमाथि आकाशमा सयौं प्याराग्लाइडिङ उडिरहेको देखिन्छ । चरा झैं कावा खाँदै आकाशमा उड्दाको आनन्द छुट्टै छ । प्याराग्लाइडिङ उडेको हेर्न पनि उत्तिकै रमाइलो हुन्छ । कोरोना संक्रमणका कारण पर्यटन क्षेत्र अन्यन्त्र सुस्ताई रहेको वेला प्याराग्लाइडिङमा भने पर्यटक बढेको देखिएको छ । यसको प्याराग्लाइडिङ व्यवसायीलाई उत्साह पनि पुगेको छ ।
२. अन्य क्षेत्र सुस्ताउँदा प्याराग्लाइडिङमा त्यसै पर्यटक बढेको होइन । यसमा पोखराका व्यवसायीहरुले खेलेको रणनीति महत्वपूर्ण रहेको मानिएको छ । प्याराग्लाइडिङ शुल्कमा भारी छुटपछि पर्यटक बढेको हो । यसअघि ७÷८ हजारसम्म शुल्क लिने गरिएकोमा ६० प्रतिशतसम्म छुट दिन थालिएपछि पर्यटक बढ्न थालेका छन् । अहिले ३ हजार देखि ३५ सय सम्म शुल्क लिने गरिएको छ ।
३. शुल्क नै घटेपछि प्याराग्लाइडिङ गर्ने बढे । पहिले यसमा विदेशीहरु बढी हुन्थे । अहिले आन्तरिक पर्यटक नै धेरै देखिन्छ । पर्यटक बढे पछि प्याराग्लाइडिङ चालकहरुलाई भ्याई नभ्याई छ । देशका विभिन्न ठाउँँबाट पर्यटक आएका छन् । प्याराग्लाइडिङ अन्यत्र पनि छ । तर पोखराको प्याराग्लाइडिङ प्रति धेरैको आकर्षण छ ।
४. हिमाल, पहाड, तालतलैया, नदिनाला सहितको पोखराको मनोरम दृष्याले सबैको मन लोभ्याउँछ । विश्वकै भ्रमण गर्नुपर्ने महत्वपूर्ण स्थानहरुमा रहेको पोखरामा जो कोहीले पनि इच्छा राखेकै हुन्छन् । अहिले कोरोना महामारीले गर्दा धेरैलाई कुण्ठित बनाएको छ । भ्रमणको रहर हुँदा हुँदै पनि फुकेर हिड्न पाएको अवस्था छैन । यस अवस्थामा प्याराग्लाइडिङमा देखिएको बृद्धिलाई सन्तोषकै रुपमा मान्नु पर्दछ ।
५. कोरोना संक्रमणका कारण लकडाउन भएपछि उद्योग व्यवसायहरु बन्द भए । सबैभन्दा बढी पर्यटक क्षेत्र प्रभावित बन्यो । अहिले धेरै सँग खर्च गर्न सक्ने अवस्था पनि छैन । यस्तो स्थितिलाई आत्मसात गरेर प्याराग्लाइडिङ व्यवसायीले भारी छुटको घोषणा गरेर पर्यटकलाई जुन आकर्षण गर्ने कार्य गरे त्यो स¥हानीय मान्नुपर्दछ । प्याराग्लाइडिङ जस्तै अन्य क्षेत्रले पनि यस्तै सुविधाका घोषणा गरी न्यूनतम खर्चबाट भएपनि व्यवसाय सुचारु गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ । यसले सिङ्गो पर्यटन क्षेत्रलाई नै चलायमान बनाउन सक्दछ ।
Related News
सम्बन्धित समाचार
कोभिडको खोप सुरु
गुरुङ भाषाको सम्मान
संवेदनशील राजनीति
कांग्रेसको बढ्दो भूमिका
राष्ट्रपति वाइडेनबाट अपेक्षा
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७