पहिरो पीडितको विचल्ली

सम्पादक
श्रावण १५, २०७७

१. अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले पुरिएर धेरैजनाको ज्यान गाये । धेरै घरवास विहिन बनेका छन् । पहिरोकै डरका कारण कति गाउँ छाडेर अन्यत्र सरेका छन् । उनीहरुलाई गास वासकै समस्या छ ।

२. पहिरो पीडितहरुलाई कहि पाल टाँगेर, कहि विद्यालय तथा सार्वजनिक भवनहरुमा राखिएको छ । बृद्धबृद्धा, सुत्केरी तथा बालबालिकाहरुले कष्ट भोग्नु परिरहेको छ । समयमा राहत सामग्री पुग्न नसक्दा उनहिरु विचल्लीमा छ । स्थानीय तहबाट भएको सहयोग अपुग भएको छ ।

३. सुगम स्थानमा राहत जुटे पनि दुर्गम स्थानहरुमा संघसस्थहरु पनि पुग्न सकेका छैनन् । म्याग्दीका पहिरो पीडितहरुले धेरै कष्ट मोग्न पररहेको समाचार आएको छ । दाताले दिएको राहत सामग्री सदरमुकाममै थुप्रिरहेको छ । पहिरोले अवरुद्ध सडक, घोरेटो वाटो समेत खुल्न नसक्दा उक्त समस्या आएको छ ।

४. खाद्यन्न र कपडाको अभावमा भोक र चिसोले गर्दा सार्वजनिक भवनमा बसेकाहरु विरामी पर्न थालेका छन् । झाडा पखलाबाट महामारी फैलिने डर छ । स्वच्छ खानेपानी, चर्पी तथा सरसर्फाको अभावको उक्त अवस्था आएको हो । औषधीमुलोको व्यवस्था हुन सकेको छैन ।

५. बाढी पहिरो पीडितहरुले भोग्नु परेको समस्याप्रति सम्बन्धित निकायको तुरुन्त ध्यान जानुपर्दछ । समयमै दिइएको सहयोगको महत्व हुन्छ । उद्धारमा ढिलाई हुँदा अरु धेरै क्षति हुन सक्छ । यस्तोवेला सरकारले पनि उद्धार सामग्रीहरु तयार राखी आवश्यक स्थानमा तुरुन्त पुर्‍याउने व्यवस्था गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width