प्राणवायुको जोहो गर

सम्पादक
वैशाख २८, २०७८

दोस्रो लहरको कोरोनाले मुलुकलाई आक्रान्त पारिसकेको छ । दैनिक मृत्यु हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घन्टाको मात्र आँकडा हेर्ने हो भने मुुलुकभर कोरोनाकै कारण १ सय ३९ जनाले ज्यान गुमाए । गण्डकीमा यो संख्या १० रह्यो । संक्रमितको ग्राफ उसैगरी उकालो लाग्दो छ । अहिले प्रदेशभरका कोभिड अस्पतालहरु भरिभराउ छन् । चिकित्सक र स्वास्थ्यकर्मी भरिभराउ छन् । यो दोस्रो लहरको कोभिड पोहोरको भन्दा घातक छ । भाइरस अझ कडा छ । जसका कारण मानिसहरु धमाधम ज्यान गुमाइरहेका छन् । स्वासप्रश्वासको समस्या देखिने र शरीरमा एक्कासि प्राणवायु अर्थात् अक्सिजनको मात्र कमी हुँदा बिरामीहरुले ज्यान गुमाइरहेका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित बिरामीले भरिइसकेको छ । गण्डकी अस्पतालको कोभिड कक्षमा पनि उस्तै भीड छ । भर्ना भएकामध्ये ९५ प्रतिशतलाई अक्सिजन दिनु परेको छ । गण्डकी अस्पतालमा मात्र दैनिक ८० वटासम्म अक्सिजन ग्यास सिलिन्डर खपत हुँदै आएको छ ।

अहिलेसम्मका बिरामीलाई प्रदेशमा उत्पादित ग्यासले धानेको छ । प्रदेशमा दैनिक १ हजार १ सय ६५ सिलिन्डर उत्पादन हुन्छ । यही अनुपातमा संक्रमित बढ्दै जाने हो र सबैलाई अक्सिजन दिनुपर्ने हो भने प्रदेशभित्र उत्पादन गर्ने अक्सिजनले पुग्दैन । प्रदेशका अस्पतालमा अक्सिजन अभाव हुन नदिन जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट तयारी अवस्थामा राखिएको छ । मनाङ र गोरखामा उत्पादनमा हुन केही समय लाग्नेछ । म्याग्दी, अस्पताल, स्याङ्जा र तनहुँ जिल्ला अस्पतालमा ग्यास रिफिल गर्ने काम भइरहेको छ । अस्पतालका ग्यास प्लान्टबाहेक अहिले दैनिक ३/४ सय सिलिन्डर खपत हुँदै आएको छ । पछिल्लो समय सिलिन्डरको अभाव हुने आकलन गर्दै पोखराका निजी कम्पनीमा पुगेर सरकारी अधिकारीहरुले रेकर्ड लिइरहेका छन् । प्रयोगमा नआएर सिलिन्डहरु वर्कसप र विभिन्न कम्पनीहरुबाट धमाधम उठाइएको पनि छ । यसले गर्दा पनि अहिलेसम्म अभाव हुन पाएको छैन ।

प्रदेशमा अहिले अक्सिजनका करिब ५ हजार सिलिन्डर छन् । औद्योगिक क्षेत्रहरुमा प्रयोग भएका सिलिन्डर पनि धमाधम उठाइएको छ । अहिले हल्लै हल्लाले अक्सिजन ग्यास भरिएका सिलिन्डर घरमा राख्ने गरिएको पनि पाइएको छ । कोभिडको उपचारै नगर्ने अस्पतालहरुले समेत ग्यास थन्क्याउने गरेका छन् । अहिले प्रदेशमा दैनिक ७ घन्टामा ११ सय ६५ सिलिन्डर भर्ने क्षमता भए पनि आवश्यकता अनुसार १८ घन्टासम्म चलाएर क्षमता बढाउने गरी व्यवस्था पनि भएको छ । कोभिड रोग लागेकालाई अरु धेरै उपचार चाहिँदैन । अरु सामान्य रोगका लक्षण अनुसार औषधी सेवन गर्ने हो । मुख्य चाहिने भनेकै अक्सिजन हो । सरकार र निजी संस्था सबै मिलेर अक्सिजन अर्थात् प्राणवायुको जोहो गर्न अब ढिला गर्नु हुँदैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width