अहिले देशैभर चुनावको माहौल छ । देशका ठूला पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत राजनीतिक पार्टीहरुले आ–आफ्नै किसिमले चुनाव गरिरहेका छन् । यस पटक माओवादी पार्टीले पनि आफ्नो प्रथम अधिवेशन भन्दै तल्लो तहको निर्वाचत सम्पन्न गरेको छ । चुनाव भन्नासाथ उम्मेदवारहरुको चर्चा हुनु स्वाभाविक हो । नेपाली कांग्रेसका केन्द्रीय सभापतिका लागि केही महिना पहिले नै त्यस पार्टीका नेताहरुको तानातान भइरहेको छ । माओवादीले नै केन्द्रका चुनावमा त्यस्तो तानातान देखिएन । एमालेले यस पटकको सबै पदमा सहमतिमा चुनाव गर्ने प्रयास गरिरहेको छ । त्यस पार्टीले तल्लो तहमा सहमतिको सिद्धान्तलाई लागु गरेको छ । केन्द्रीय स्तरमा पनि सहमति गराउने नेताहरुको विचार भए तापनि त्यसमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । एमालेका नेता र कार्यकर्ताहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा फेरि अध्यक्ष बनाउन चाहेका भएता पनि उपाध्यक्ष भीम रावलले ओलीविरुद्ध उम्मेदवारको घोषणा गरेकाले पार्टीको माहौल नै परिवर्तन भएको छ । अध्यक्षमा उम्मेदवारी दिने घोषणाले देशका सयौं नेता र कार्यकर्ताहरुमाझ उनी सर्वाधिक चर्चित उम्मेदवार भएका छन् ।
एमालेको वर्तमान अवस्थामा अध्यक्ष ओलीविरुद्ध उम्मेदवार बन्नु भएको ठूलो साहसको कुरा हो । पार्टीका ठूला नेताहरुसमेतले केन्द्रीय कार्य समितिको पदाधिकारीको उम्मेदवार बन्नसमेत अध्यक्ष ओलीको मुख ताकिरहेको बेला उपाध्यक्ष रावलले अध्यक्षकै विरुद्ध उम्मेदवार बन्ने भएका छन् । त्यसैले उनको चर्चा भइरहेको छ । भीम रावल निश्चय नै निडर र निर्भीक नेता हुन् । उनले आफ्नो विवेकका कुरा निर्धक्कका साथ भन्ने गर्दछन् । उनले त्यसो भन्ने गर्दा कहिलेकाहीं विवादमा पनि तानिन्छन् र शीर्ष नेताहरुको कोपभाजनको सिकार पनि हुन्छन् । तैपनि उनले आफ्नो विवेकलाई बन्धक राख्ने काम गरेका छैनन् ।
रावल पहिले माधव नेपाल पक्षधर हुन् । एमालेलाई मिलाउने क्रममा उनीहरुले तयार पारेको प्रस्तावमा माधव नेपालले पनि मान्न अस्वीकार गरेपछि उनी नेपाललाई छोडेरै एमालेमै रहेका हुन् । उनले अमेरिकी सहयोग एमसिसीको पनि कडा आलोचना गरेका थिए । पार्टीले उनकै संयोजकत्वमा समिति बनाई अध्ययन गरी प्रस्ताव तयार गराएका थिए । त्यसमा पनि ओलीको विचार उनको विचारसँग मेल खाएको थिएन । प्रधामन्त्री हुँदा ओली एमसिसी स्वीकार गर्ने पक्षमा थिए । आफ्ना विचार प्रष्ट रुपमा राख्ने भएकाले कार्यकर्ताहरुले उनलाई मन पराउँछन् । पश्चिमका धेरै कार्यकर्ताहरु उनको साथमा छन् । त्यसै भएर पश्चिमका नेताका रुपमा उनी स्थापित भएका छन् । अहिले राष्ट्रिय राजनीतिमा नै उनी चर्चित छन्, चर्चित भएका छन् । आमागी साता चितवनमा हुने महाविधवेशनले उनलाई कहाँ पु¥याउला, त्यो भने हेर्न बाँकी छ । यो महाधिवेशन उनको लागि ठूलो अवसर हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१