निर्वाचनका लागि आचारसंहिताको महत्व

सम्पादक
भाद्र ३०, २०७९

आचारसंहिता जहाँ पनि आवश्यक हुन्छ । आवश्यक हुने भएकाले कतै आफूहरु मिलेर आफ्नो आचार संहिता आफैं बनाउँछन् भने कतै सम्बन्धित व्यक्ति एवं संस्थाको सहमतिमा सम्बन्धित संस्थाहरुले निर्माण गर्दछन् । यसको निर्माण र पालनाले धेरै विवादहरु टुंगिन्छन् । आपसी विवाद टुंग्याउन यसको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको अवसरमा निर्वाचन आचार संहिताको अति आवश्यक हुन्छ । निर्वाचन आयोगले राजनीतिक पार्टीहरुको सहमति र सहभागितामा निर्वाचन आचारसंहिता बनाउने गर्दछन् । तर राजनीतिक पार्टीहरुको सहमति र सहभागितामा बनाउने भए तापनि यस सम्बन्धमा बारम्बार विवाद उत्पन्न हुने गर्दछन् । अहिले पनि त्यस सम्बन्धित विवाद छ ।

केही समय पहिले निर्वाचन आयोगले विगतमा चुनाव लडेका उम्मेदवारहरुले आफ्नो निर्वाचनको हिसाब किताब बुझाउन जे–जसरी आदेश दियो, त्यसबाट हिसाब किताब नबुझाइकन कानमा तेल हालेर बसेका उम्मेदवारहरुको छटपटी हेर्न लायकको थियो । त्यसबाट आचारसंहिताको महत्व के–कति छ भन्ने प्रष्ट देखाउँछ । आचारसंहिता र निर्वाचनको आम्दानी खर्चको सीमा जे–जसरी तोकिएको छ, त्यो भने धेरै विवादास्पद देखिन्छ । आयोगले तल्लो तहदेखि माथिल्लो तहसम्म सबै उम्मेदवारको खर्चको हद निर्धारण गरेको छ । तर त्यो यत्ति हास्यास्पद छ कि त्यो खर्चको सीमा रेखालाई कसैले पनि वास्ता गर्दैनन् । उम्मेदवारहरुले त्यसको दशौं गुणा खर्च भएको अनौपचारिक रुपले भन्ने गर्दछन् । केही नेताहरुले औपचारिक भाषणमा समेत ठूलो धनराशि खर्च गरिएको जिकीर गरिएको थिए । त्यसो भन्ने केही नेताहरुलाई स्पष्टीकरण भने सोधिएको थियो ।

निर्वाचन सम्बन्धमा धेरै आचारसंहिता छन् । हामीले पनि विगतदेखि धेरै–धेरै चुनावमा सहभागिता जनाएका छौं र कतिपय आचारसंहिता पालना गरेका छौं । त्यस हिसाबले आचारसंहिता कस्तो हुन्छ, कसरी पालना गरिन्छ भन्ने एक हिसाबले सबैलाई थाहा छ र थाहा हुनुपर्दछ । तर हाम्रा नेताहरुको स्वार्थ मनोवृत्ति र कहाँ क्षुद्र छ र त्यसबाट के–कसरी फाइदा उठाउन सकिन्छ भनी हेर्ने प्रवृत्तिले आचारसंहिता सधैं विवादास्पद बन्ने गरेको छन् । कतिपय आचारसंहिता विधान, नियम, परम्परा र चलन चल्तीको आधारमा पनि निर्धारण हुँदै जान्छन् । तर त्यस्तोमा पनि विवाद निकाल्नु हाम्रा नेताहरुको विशेषता भएको छ । एक जना मन्त्रीले मन्त्रीको हैसियतले कहाँ कसरी चुनाव प्रचार गर्न जान सक्छन् भन्ने कुरा हामीले धेरै पटक अभ्यास गरेका छौं । यस्तो कुरा परम्पराको रुपमा पनि स्थापित हुन सक्छन् । तर हामी कहाँ त्यस्तो कुरा पनि अझै विवादास्पद नै रहेका छन्, अन्तरिम कालमा झैं तानातान गरिरहेका छन् र अझै हामी तदर्थवादमा नै रहेझैं भएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width