स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेको करिब २ हप्ता भएको छ । यो २ हप्तामा पनि उनीहरुले आ–आफ्ना क्षेत्रमा केही न केही काम गर्न खोजेको आभाष भएको छ । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाहको अथक प्रयासपछि काठमाडौंको सडकमा फालिएका फोहोर मैला उठाउन थालिएको छ । फोहोर मैलाको व्यवस्थापन गर्नु ठूलो कुरा होइन तर नवनिर्वाचित मेयरका लागि त्यही नै परीक्षाको विषय भएको थियो । उनी निर्वाचित भएपछि अर्को एउटा विषयले पनि चर्चा पाएको छ, त्यो हो–शौचालय । महानगरपालिकामा सार्वजनिक शौचालयको सर्वथा अभाव छ । त्यो अभावलाई महसुस गरेर काठमाडौंका होटल, लज, बैंकहरु र केही सार्वजनिक संस्थाहरुले आ–आफ्ना शौचालय सर्वसाधारणका लागि खुला गरेका छन् । यस्तो सहयोग पाउन मेयर शाहको लागि ठूलो कुरा हो ।
काठमाडौंमा मात्र होइन, अन्य नगरपालिका र गाउँपालिकाका नगरप्रमुख र अध्यक्षहरुले पनि केही न केही गर्न सक्रियता देखाएका छन् । विगतका पदाधिकारीहरुको अकर्मण्यताले गर्दा स्थानीय तहमा स्थानीय सरकारप्रति मानिसहरुको गुनासो बढेको थियो । मतदाताहरुले गुनासो गरेका मात्र होइनन्, मतदानका दिन स्वतन्त्रबाट उम्मेदवार भएका उम्मेदवारलाई मतदान गरेर कतिपय स्वतन्त्र उम्मेदवारलाई विजयीसमेत गरेका छन् । यी सबै कुरालाई ध्यानमा राखेर अहिले निर्वाचितहरु अधिकांशले आफ्नो गतिशीलता देखाएका छन् ।
उदाहरणका रुपमा पोखरा महानगरपालिकालाई लिन सकिन्छ । पोखरा महानगरपालिकाले ५ दशक पहिलेदेखि त्यसै रहेको पोखरा बसपार्क बनाउने लक्षण देखाएको छ । नगरपालिका र प्रदेश सरकारले त्यहाँ नाला निर्माण गरेर त्यो लक्षण देखाएका हुन् । नाला निर्माण गर्नु नै ठूला कुरा त होइन, तर त्यसले सकारात्मक सन्देश दिएकोछ भन्नु अन्यथा होइन । त्यस्तै त्यस महानगरपालिकाले अर्को महत्वपूर्ण कुराको थालनी गरेको छ । पोखराको ल्याण्डफिल्ड साइट सार्नु अनिवार्य प्रार्य भएको थियो । ल्याण्डफिल्ड साइट नसार्दासम्म निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालन नै नहुने अवस्था छ । यो गम्भीरतालाई दृष्टिगत गरेर नवनिर्वाचित पदाधिकारीको पहिलो, बैठकले सो ल्यान्डफिल्ड साइट पोखरा ३३ मा सार्ने निर्णय गरेर अर्को सकारात्मक सन्देश प्रवाह गरेको छ । अन्य नगरपालिका र गाउँपालिकाहरुले पनि केही न केही कुरा थालनी गरेको समाचार छ । केही वडाध्यक्षहरुले पनि आफ्नो कार्यकालको पहिलो दिन महत्वपूर्ण काम गरेका छन् । यस किसिमले सक्रियता देखाउनु शुभ संकेत हो । दलीय व्यवस्थामा स्वतन्त्रले जनताको मन आकर्षित गर्नु भनेको यसअघिका सरकार र नेताहरुले जनअपेक्षा अनुसारको काम नगर्नु नै हो । अब पनि जनअपेक्षाअनुसार काम नभए नेतृत्व सम्हालेकाहरु पाखा लाग्नुको विकल्प रहँदैन । तसर्थ नवनिर्वाचितहरुको गतिशीलता निरन्तर रहनुपर्नेमा हामी जोड दिन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्णको महिमा अपरम्पार
फरक फरक मापदण्ड नबनाऊ
सुनकाण्ड र संसद अवरुद्ध
प्राज्ञहरूको पोखरा घोषणापत्र
ओलीको १०२ वर्ष नेतृत्व गर्ने विचार
hero news full width
मुख्य समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०