नयाँ सरकारसामु किसानका पुराना समस्या

सम्पादक
माघ २२, २०७९

लोकतान्त्रिक पद्धतिमा चुनावलाई त्यसको सुन्दर पक्ष मानिन्छ । त्यो यति सुन्दर हुन्छ कि त्यसले मतदातालाई सधैं आकर्षित बनाउँछ । जनप्रतिनिधि र सरकारले राम्रो काम गर्न नसकेर आलोच्य भएको बेला मतदाता आफैं निराश हुन्छन् । निराश भएका मतदाताले आक्रोशित भएर कहिलेकाहीं चुनाव पद्धतिको औचित्यमाथि नै प्रश्न उठाउँछन् र चुनाव बहिष्कार गर्ने धम्की दिने गर्दछन् । जब चुनाव नजिक आउँछ, राजनीतिक पार्टी र नेताहरुले घोषणापत्रको नाममा प्रतिज्ञापत्रको नाममा देशको विकास गर्ने र जनताको भनाइअनुसार काम गर्ने मीठो र आकर्षक भाषामा आश्वासन दिन्छन्, त्यस्तो आश्वासन र उम्मेदवारको नम्र र मिजासिलो बोलीमा विश्वास गरेर मतदाताहरु फेरि उत्साही भएर मतदानमा सहभागी हुन्छन् र आफ्नो उम्मेदवारलाई मतदान गर्दछन् ।

यस पटकको चुनावभन्दा पहिले पनि मतदाताहरु आफ्नो जनप्रतिनिधिप्रति आक्रोशित थिए । पुराना नेताहरुको आलोचना भएको थियो र तिनीहरुबाट अब काम चल्दैन भनेर नयाँ पार्टी र युवाहरु चुनावमा उल्लेख्य मात्रामा देखापरे । तिनीहरुले चुनावमा राम्रो नतिजा पनि ल्याए । जनतामा एउटा आशाको सञ्चार भयो । नयाँ जनप्रतिनिधिले नयाँ ढंगले काम गर्नेहरु भनेर अपेक्षा गरिएको छ । सरकारमा नयाँ प्रतिभाहरुको प्रवेश भएको छ र सरकार गठन भएको धेरै भएको पनि छैन । त्यस हिसाबले सरकारको काम कुराबारे केही भन्ने बेला भएको छैन । सरकार गठन भएको थोरै समयमा नै राजनीतिमा जुन खटपट सुरु भएको छ, त्यसले राम्रो संकेत दिएको छैन । सत्ता साझेदार पार्टीहरुमा समेत विवाद खडा भएको छ । यत्तिसम्म कि केही पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गर्ने धम्की दिएका छन् ।

देशमा संघीयता कायम भएपछि हामीसँग ३ तहको सरकार छन् । तर ती सरकारले जिम्मेवारीपूर्वक काम गरेको भने देखिएको छैन । एउटा सानो किसानको समस्यामा पनि तिनीहरुले समन्वय स्थापित गरेर काम नगर्दा नयाँ पुस्ताका कहाँ गए भन्ने प्रश्न उब्जिएको छ । हिजो पनि किसानले आफ्नो उत्पादनले बजार पाएन भनेर गुनासो गरेका थिए भने अहिले पनि गुनासो गरेर गोलभेँडा, काउली आदि बजारमा फालेर असन्तोष जाहेर गरेको देख्नु परेको छ । त्यो किसानको समस्या ठूलो होइन, सानो प्रयासले पनि त्यसको समाधान हुन सक्छ । तर कुनै पनि सरकारले त्यसको प्रयास नै गरेनन् । जिम्मेवारी पन्छाउने गरिएबाट किसानहरु आक्रोशित भएका हुन् । किसानहरु एक त बिचौलियाको शोषणमा परेका छन् भने अर्को भारतीय बजारबाट खुला रुपले ती सामानहरु आउने गरेकाले समस्या उत्पन्न भएको हो । यी कुरालाई बुझेर छिटो समस्याको समाधान गर्नुपर्नेमा हामी जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • स्ववियुको महत्वपूर्ण चुनाव

    सम्पादक चैत्र ७, २०७९
    देशको सबभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले १४ वर्षपछि यसपटक आफ्नो मातहतका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन…
  • व्यङ्ग्यकलाकार वात्स्यायनको सम्मोहन

    सम्पादक चैत्र ५, २०७९
    सहरीकरणतिर अघि बढिरहेको पोखरामा दिनहुँ राजनीतिक, धार्मिक, सामाजिक एवं सांस्कृतिक समारोह एवं अनुष्ठान हुने गर्दछन् । ती कार्यहरुले पोखरामा निश्चय…
  • आर्थिक पक्षको महत्व सर्वाधिक

    सम्पादक चैत्र ३, २०७९
    आज उपराष्ट्रपतिको निर्वाचनसँगै देशमा चुनावी श्रृङ्खला एक किसिमले समाप्त भएको छ । सबभन्दा पहिले स्थानीय तहको निर्वाचन भएको थियो ।…
  • चीनमा सीजिनफिङ फेरि राष्ट्रपति चयन

    सम्पादक फागुन २९, २०७९
    चीनका राष्ट्रपति सी चिनफिङ फेरि राष्ट्रपति निर्वाचित भएका छन् । उनलाई चिनिया जनकांग्रेसले गत शुक्रबार निर्वाचित गरेको हो । राष्ट्रपतिमा…
  • नयाँ राष्ट्रपतिका नयाँ चुनौती

    सम्पादक फागुन २८, २०७९
    समसामयिक राजनीतिका वरिष्ठतम् व्यक्तित्व तथा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिका उम्मेदवार भएका रामचन्द्र पौडेल २५ गते सम्पन्न निर्वाचनबाट शानदार मत प्राप्त…

hero news full width