अन्यौल थपिएको राजनीति

सम्पादक
फागुन २५, २०७७

अन्योल र अस्थिरताको मार्गमा गइरहेको नेपाली राजनीतिक वृत्तमा अर्काे अन्योल थपिएको छ । केही समय पहिले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापित गरे पनि अब के हुन्छ र कसो हुन्छ भन्ने भइरहेको बेला सत्तारुढ दलले प्रयोग गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्ने नाम ऋषिराम कट्टेलको ठहर्छ भनी फैसला गरे पनि राजनीतिमा कोलाहल मच्चिएको छ । ऋषिराम कट्टेलले त्यो नाम २०७० मा नै निर्वाचन आयोगमा दर्ता गरेका थिए । सत्तारुढ दलले भने एमाले र माओवादी एकीकृत भएपछि त्यो नाम प्रयोग गरेर निर्वाचन अयोगमा दर्ता गरेको थियो । कट्टेलले त्यो नाममा आफ्नो हकदाबी लाग्छ भन्दै २ वर्ष अघि सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वाेच्च अदालतले सत्तारुढ दलले प्रयोग गर्दै आएको त्यो नाम प्रयोग गर्न नपाइने भन्दै त्यो दललाई एकीकृत पूर्वको अवस्थामा अर्थात एमाले र माओवादी भएको अवस्थामा पुर्‍याइदिएको छ । हिजो नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेताहरु आज कोही माओवादी र कोही एमालेका भएका छन् । नेताहरु यस्तो अवस्थामा त्यो स्थितिमा प्रधानमन्त्री केपी ओली पक्ष र दाहाल नेपाल पक्षमा विभाजित भएका छन् । तिनीहरुको प्रष्ट रेखांकन भइसकेको छैन, तर अर्काे विभाजनको अवस्था आएको छ । त्यो संवैधानिक र कानुनी विभाजन के कस्तो होला, त्यो प्रष्ट छैन । देशको राजनीति नै धमिलो भएको छ ।

सर्वाेच्च अदालतको यी २ निर्णयहरु नेपालको राजनीतिमा दुरगामी महत्व राख्दछ । हिजो संसद पुनस्र्थापन भएपछि प्रधानमन्त्री ओलीको भविष्यको कुरा मुख्य रुपमा आएको थियो भने अहिले अरु नेताहरुको भविष्य पनि संकटमा पर्ने खतरा छ । को कुन कित्तामा पर्ने त्यो आफ्नो मात्र कुरा भएन । संविधान र कानुन सक्रिय भएर आउने अवस्था छ । त्यसले कित्ता काट्ने अवस्था आएको छ । नसोचेको अनपेक्षित राजनीतिक समस्या आइपरेको छ । फेरि अदालतका यी निर्णयहरु केही लामो समयको अन्तरालमा आएको भए यत्ति गम्भीर स्थिति उत्पन्न हुने थिएन होला । यी दुवै एकैसाथ आएको छ । पछिल्लो निर्णय पुर्नस्थापित संसदको पहिलो दिनमा आएको छ । त्यसले गर्दा अन्यौल र आशंका बढाएको छ रानीतिलाई संवेदनशील बनाएको छ । यस्तो बेला धैर्य गरेर गम्भीर किसिमले सोची कदम चाल्नु बुद्धिमानी हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width