अलमलिएको कांग्रेस

सम्पादक
वैशाख १४, २०७८

संसदमा प्रमुख प्रतिपक्षीको रुपमा रहेको नेपाली कांग्रेसले फेरि पनि प्रधानमन्त्री केपी ओलीविरुद्धमा संसदमा अविश्वासको प्रस्ताव पेस गर्न सकेन । त्यसले यसपटक पनि अविश्वास प्रस्ताव पारित हुने सुनिश्चितता नभएको भन्दै अविश्वास प्रस्ताव पेस गर्ने कार्यबाट पछि हटेको छ । माओवादी केन्द्र र जनता समाजवासी पार्टीका एक खेमा कांग्रेसले अविश्वास प्रस्ताव पेस गर्ने साहस गर्नुपर्ने बताइरहेका छन् । उता, एमालेकै माधव नेपाल पक्षधरहरुले पनि कांग्रेसलाई उस्काइरहेका छन् । त्यसले कार्णालाीमा फ्लोर क्रस गरेर आफ्नो साहस देखाएको उदाहरण पनि प्रत्यक्ष अप्रत्यक्ष वर्णन गर्ने गरेको छ । तर कांग्रेसका सभापति शेरबहादुर देउवा भने यस पटक अचम्मसँग धैर्य धारण गरेर बसेका छन् ।

सभापति देउवा सामान्य अवस्थामा पनि प्रधानमन्त्रीको दौडमा आफू भएको देखाउँदै उत्तेजित हुन्थे र ज्योतिषीले आफूलाई फेरि पनि प्रधानमन्त्री बन्नेछन् भनी भविष्यवाणी गरेको वर्णन गर्दथे । तर यसपटक यस दिशामा उनको सक्रियता देखिएन । जुन कुरा विरोधी अन्य नेताहरुले समेत उल्लेख गरेका छन् । एकातिरको स्थिति यस्तो छ भने अर्काेतिर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने कांग्रेसले अविश्वासको प्रस्ताव पेस गर्नुपर्नेमा जोड दिँदै छन् । उनले सभापति देउवाले त्यो काममा सक्रियता नदेखाएको गुनासोसमेत गरेका छन् ।

विगतमा झैं यो इस्युमा पनि कांग्रेसका नेताहरु विभाजित छन् । तर अधिकांश नेताहरु माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेको र जनता समाजवाद पार्टीले अझसम्म पनि त्यस विषयमा निर्णय नगरेको कुरालाई दृष्टिगत गरी अविश्वास प्रस्तावका लागि स्थिति परिपक्व नभएको भन्न थालेका छन् । जसपाका वरिष्ठ नेताहरु निरन्तर प्रधानमन्त्री ओलीको सम्पर्कमा छन् र तिनीहरुको वार्ता सफलताको नजिक पुगेको वार्ताकारहरुले बताउने गरेका छन् । यतातिर जसपाका अर्का नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले त्यसरी मुख खोलेका छन् । जसले गर्दा स्थिति प्रष्ट नभएको कुरा सबैले भन्न थालेका छन् । कांग्रेसका सामु दुइटा बाटा छन् । अविश्वास प्रस्तावतिर जाने कि चुनावको लागि प्रतीक्षा गर्ने । यी दुवै महत्वपूर्ण छन् । कांग्रेसले कुनलाई प्राथमिकता दिन्छ, त्यो सबैको प्रतीक्षाको विषय भएको छ । संघमा यही अन्योल कायम रहेका बेला गण्डकी प्रदेशमा भने सरकारको नेतृत्व गर्न कांग्रेस अघि सरेको छ । तेस्रो वर्ष त्यो पनि बजेटको मुखमा आएर सरकारको नेतृत्व गर्नु पक्कै पनि सहज छैन कांग्रेसका लागि । अनि ३ वर्षसम्म प्रदेश सरकारले काम गरेर भन्न पो सजिलो थियो । अब कांग्रेसको पोल्टामा नेतृत्व आइहालेछ भने पनि उसले जसभन्दा बढी अपजस नै खेप्नुपर्ने छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width