नेपाली कांग्रेस संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेको छ । २ वर्षदेखि कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको छ । तर अहिले संसदको पुनस्र्थापना र सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विघटनले अरु पार्टीहरुको भूमिकामा सिमित भएर बस्ने कि सत्ताको भूमिकामा जाने भन्ने सवालमा पार्टीमा विवाद खडा भएको छ । पार्टीका सभापति शेरबहादुर देउवा सत्ताको भ¥याङ उक्लन खुट्टा उचालेका देखिएका छन् । उनी सत्तामा जाने मात्र होइन, आफैँ प्रधानमन्त्री हुने अवसर छ कि छैन भनी नियालिरहेका छन् । तर अरुहरु भने पार्टीले प्रतिपक्षमा नै रहनु पर्नेमा जोड दिँदैछन् । केही नेताहरुले विपक्षी पार्टीहरुसँग गठबन्धन गरी सरकार गठन गर्ने सम्भावना पनि औल्याउने गरेका छन् ।
प्रतिपक्षको रुपमा रहेको कांग्रेसले सत्ताको ¥याल चुहाउनु टाढाको कुरा हो । सत्तारुढ पार्टीका नेताहरु जो प्रधानमन्त्री केपी ओलीको घोर विरोध गर्दैछन्, उनीहरुले पनि प्रधानमन्त्री ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने हिम्मत गर्न सकेका छैनन् । व्यक्तिगत रुपमा उनीहरु ओलीको विरुद्धमा छन् । तर मुखले जति विरोध गरे पनि व्यवहारमा त्यति विरोधी भएका छैनन् । केही विरोधी नेताहरुको स्वर परिवर्तन भएको छ । एमाले भएकाहरुलाई आफ्नै पार्टीको सरकार भन्ने भावना पलाएको छ । अरु कतिपयलाई वामपन्थीको सरकार भन्ने मोह छ । त्यो मोहले धेरैलाई मोहित गर्दै लग्ने सम्भावना पनि उत्तिकै छ । यो सम्भावना जति बढ्छ, उति प्रधानमन्त्री ओली बलियो हुँदै जाने निश्चित छ ।
देशको यस्तो अस्थिर राजनीति भएको बेला देशीविदेशी शक्तिहरु चुप लागेर बसेका होलान् भनेर सोच्नु गलत हुन्छ । तिनीहरुले प्रत्यक्ष/अप्रत्यक्ष आफ्नो प्रयास गरिरहेका हुन्छन् । तिनीहरुको प्रयासको परिणाम तुरुन्त आउँछ भन्ने हुँदैन । त्यो परिणाम आउन केही समय लाग्न पनि सक्छ । त्यस्तो कुरा अरुले भन्दा पनि कांग्रेसले बढी सोच्नु पर्ने हुन्छ । किनभने पार्टी प्रमुख प्रतिपक्षमा छ । त्यसलाई विगतमा भएको निर्वाचनमा जनताले दिएको म्यान्डेट हो । म्यान्डेट परिवर्तन गर्नु साधारण कुरा होइन । म्यान्डेट परिवर्तन हुनै सक्दैन भन्ने छैन । परिवर्तित परिस्थिति अनुसार त्यो परिवेश हुन्छ र कहिलेकाहीँ परिवर्तन गर्नु पनि पर्दछ । तर परिवर्तित परिस्थितिको मूल्यांकन हुनु पर्दछ र त्यो सही हुनुपर्दछ । कांग्रेसले यी कुरा मनन गरेर कदम चाल्नु पर्ने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
मुलुक डुबाउने खेल रोक
वैकल्पिक सरकारका प्रस्ताव
सरकारको नेतृत्व गर्न कांग्रेस तयार
देउवा र प्रचण्डको भेटघाट
राजनीतिमा विश्वासको संकट
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८