नेपाल–भारत मैत्रीसभा

सम्पादक
भाद्र ३१, २०७९

नेपाल–भारत मैत्री संघको आठौं केन्द्रीय मैत्रीसभा आगामी असोज १ गते पोखरामा सम्पन्न हुन गइरहेको छ । मैत्री संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरुले बताएका हुन् । सभामा नेपाल र भारतका गरी करिब ३ सय जना सहभागीको उपस्थित रहने बताइएको छ । पर्यटकीय सहर पोखरामा आयोजित कार्यक्रमले पोखराको पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ । यहाँको पर्यटकीय प्रवद्र्धनमा भारतले ठूलो सघाउ पुर्‍याउन सक्छ । भारतले आफ्ना कर्मचारीलाई पर्यटन भ्रमणको लागि केही सहुलियत दिने गरेको छ । त्यसरी सहुलियत पाउने कर्मचारी विभिन्न देशको भ्रमणमा जाने गरेका छन् । तिनीहरुमध्ये केही नेपाल आएमा नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने सम्भावना छ । नेपाल–भारत मैत्री संघले नेपालको कठिनाइको घडीमा विभिन्न किसिमले सेवा पुर्‍याएको सर्वविदितै छ ।

नेपालमा भूकम्प आएको बेला, बाढीपहिरो आएको बेला र कोभिड–१९ को संक्रमण फैलिएको बेला मैत्री संघले राहत र सहयोग उपलब्ध गराउँदै आएको छ । त्यत्तिमात्र होइन, नेपालको विकास निर्माणमा नै भारतको महत्वपूर्ण सहयोग रहेको हामी यहाँ उल्लेख गर्न चाहन्छौं । तर छिमेकी हो कहिलेकाहीं विवाद उत्पन्न हुन्छ । त्यस्तो विवादास्पदलाई आपसी वार्ताद्वारा समाधान गर्ने प्रयास दुई पक्षले गर्दै आएको छ । जसको कारण दुई देशबीच उत्पन्न समाधान शान्तिपूर्वक रुपमा गरिएको धेरै उदाहरण छन् । दुई देशबीच अहिले पनि केही समस्या छन् । ती समस्या समाधानका लागि आपसी वार्ता नभई लम्बिदै गएको छ । त्यसले छिप्पिने अवसर नपाओस् भनेर हामीले यहाँ त्यसबारे मैत्री संघको ध्यान आकर्षित गर्न खोजेका छौं ।

मैत्री संघले सधैं दुई पक्षको सम्बन्ध सुमधुर पार्ने प्रयास गर्दै आएको छ । अहिले हाम्रो दुई देशबीच लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा केही विवाद छ तर त्यो विवादका सम्बन्धमा दुई पक्षबीच सोझै वार्ता भएको छैन । जसले गर्दा कटुता उत्पन्न हुने सम्भावना छ । समस्यालाई समस्याकै रुपमा लामो समय राखी राख्नु हुँदैन । कही न कही त्यस सम्बन्धमा वार्ता हुनु पर्दछ । मैत्री संघको कार्यक्षेत्र कहाँ कति छ, त्यो अहिले भन्न सक्दैनौं तर राम्रो काम गर्नलाई कसैले छेक्दैन । यही सिद्धान्त अघि सारेर हामी मैत्री संघका भारतीय मित्रहरुलाई नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको दाबी रहेको र यस सम्बन्धमा दुई पक्षबीच कुटनीतिक वार्ता हुनु पर्ने नेपाली अडानका सम्बन्धमा हाम्रो आग्रह भारत सरकार र जनतासमक्ष पुर्‍याइदिन आग्रह गर्दछौं । र, पोखरामा हुने आठौं केन्द्रीय सभाका सहभागीहरुलाई पोखरामा हार्दिक स्वागत गर्दै सभाको पूर्ण सफलताको कामना गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width