Worldlink ads

नेपाल–भारतले आपसी समझदारी बढाउनु आवश्यक

सम्पादक
कार्तिक २४, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय ग्लास्गो सम्मेलनमा जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएको समाचारले नेपालमा कौतूहलता बढाएको छ । नेपालीहरु कहिले दुई देशका शीर्ष नेताहरु भेट्छन् र दुई देशबीच भएको समस्याहरुको समाधान हुन्छ भनी उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । नेपाल भारतको सम्बन्ध राम्रो भन्दा भन्दै नराम्रो हुँदै गएको छ । आपसी समझदारी घट्दै गएको छ र विश्वासको वातावरण ह्रास भएको छ । खास गरेर भारतले एकतर्फी नाकाबन्दी गर्दादेखि स्थिति बिग्रदै गएको हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्याले दुई देशबीच असमझदारी बढाएको छ । सुस्तामा पनि समस्या छ । यस्तो समस्यालाई प्राथमिकता दिएर छिटो सुल्झाउनु पर्दछ । भारतले सीमावर्ती आफ्नो क्षेत्रमा बँध सडक बनाएर नेपालबाट बग्ने पानीलाई वर्षाको बेला निकास नदिएर नेपाली भूभाग जलमग्न गर्ने गरेको छ । नेपालीहरुले त्यसबाट धेरै नोक्सानी व्यहोर्नु परेको छ । तर त्यसलाई भारतले वास्ता गरेको छैन । यस वर्ष दार्चुलाको मालधारस्थित महाकाली नदी पार गर्न तुइनमा गएका जयसिंह धामी भारतीय सैनिकले तुइन काटिदिएका कारण महाकालीमा खसेर बेपत्ता भए । त्यसको न्यायोचित कारबाही त कहाँ हो कहाँ बेपत्ता भएका धामीको खोजीमासमेत भारतले सहयोग गरेन । स्थानीय जनताले मानवताको नाताले समेत सहयोगको अपेक्षा गरेका थिए । त्यो पनि पाएनन् । यस्ता धेरै कुरामा भारतप्रति नेपाली जनताको गुनासो छ ।
नेपाल भारत सरकारले गठन गरेको प्रबुद्ध व्यक्तिहरुको समितिले २ देशका सन्धि, सम्झौताहरु अध्ययन गरी तयार पारेको प्रतिवेदन वर्ष बिताएर पनि भारत सरकारले त्यो प्रतिवेदन बुझेको छैन । भारत सरकारले त्यस्तो किन गरेको छ, त्यो बुझ्न सकिएको छैन । यस्तो कुराले असमझदारी बढाउँछ । यस विषयमा सरकारहरु गम्भीर भएको देखिएन । अहिले फेरि नेपालको इजाजत विना भारतीय ड्रोन र हेलिकोप्टर नेपालभित्र प्रवेश गरेको समाचार पनि आइरहेका छन् । भारतले यस्तो किन गर्छ भन्ने प्रश्न व्यापक रुपले नेपालीहरुमा उत्पन्न हुने गरेका छन् । यस्ता कुराहरुले गर्दा २ देशको बुझाइमा धेरै अन्तर आएको छ । भारतले नेपालको विकास निर्माणमा र भूकम्प आउँदा आफूले नेपाललाई धेरै सहयोग गरेको उल्लेख गर्दै किन नेपालीहरुले भारतप्रति गुनासो गर्दछन् भनेर आश्चर्य प्रकट गर्दछ भने नेपालीहरुले आफूमाथि भारतले थिचोमिचो गरको बताउने गर्दछन् । सोचमा स्थिति गम्भीर बन्दै गएको छ । यस्तो स्थितिलाई लामो समय राखी राख्नु उचित हुँदैन । सकेसम्म छिटो यी समस्याको समाधान गर्न पर्दछ । यो समाधानका लागि पनि शीर्ष नेतृत्वको भ्रमण छिटो हुनु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

    • प्रधानन्यायाधीश राजीनामा देऊ

      सम्पादक मंसिर १४, २०७८
      प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपालबाट एसोसिएसन र उनकै अदालतका न्यायाधीशहरुले गर्दै आएको विरोध कार्यक्रमले ५ साता पार गरेको छ…
    • स्वतन्त्र पत्रकार संघको कार्यशाला

      सम्पादक मंसिर १३, २०७८
      स्वतन्त्र पत्रकार संघ, कास्कीको आयोजनामा स्थानीय रामबजारस्थित कालिका नमूना विद्यालयका विद्यार्थीलाई उद्घोषण तथा नेतृत्व विकास कार्यशाला भएको छ । कार्यशाला…
    • समानता एवं सकारात्मक सोचको आवश्यक

      सम्पादक मंसिर १२, २०७८
      अहिले हामी लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरी अभियान मनाउँदै छौं । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर…
    • एमालेको १० औं महाधिवेशन

      सम्पादक मंसिर १०, २०७८
      नेकपा एमालेको १० औं महाधिवेशन आज चितवनमा भव्यताका साथ सुरु हुन गइरहेको छ । मंसिर १२ सम्म हुने महाधिवेशन भव्य…
    • गुटबन्दीको पराकाष्ठा

      सम्पादक मंसिर ९, २०७८
      देशभर राजनीतिक पार्टीहरुको आन्तरिक चुनाव भइरहेका छन् । अधिकांश पार्टीहरुले आफ्नो आन्तरिक तहको चुनाव सम्पन्न गरी सकेका छन् । चुनावका…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग