एमालेले सर्वाेच्च अदालतबाट पुनर्जीवन पाएपछि नयाँ भूमिकामा के कसरी अघि बढ्छ भनेर उत्सुकतापूर्वक नियलिरहेका थिए । प्रधानमन्त्री केपी ओली पुष्पकमल दाहालसँग टाढिइसकेको अवस्था थियो । माधव नेपाल र दाहाल नजिक हुँदै गएका थिए । एमाले र माओवादी केन्द्रलाई छुट्याएपछि माधव नेपाल र दाहाल पनि सरसल्लाह गरेरै छुट्टिएका थिए । नयाँ परिवेशमा के कसरी अघि बढ्ने भन्ने सम्बन्धमा ती नेताहरुले एकदिन पनि सल्लाह र विचार विमर्श गरेनन् । एमालेलाई मिलाउन मोर्चा कसेर बसेका वामदेव गौतमको पनि खासै भूमिका देखिएन ।
एमाले पार्टी कुनै बेला संगठित रुपमा चिनिन्थ्यो । त्यसका कार्यकर्ताहरु अनुशासित हुने गर्दथे । तिनीहरु सधैं क्रियाशील अवस्थामा रहन्थे र नेताहरुलाई खुब मान्थे । एमाले र माओवादी एकीकृत भएपछि पनि जिल्ला र भातृ संगठनहरु लामो समयसम्म एकीकृत बन्न सकेनन् । कार्यकर्ताहरुले काम पाएनन् । तिनीहरु लामो समयसम्म निक्रिय रहे । काम नभए पछि कुरा गर्ने र कुरा काट्ने प्रवृत्ति बढ्यो । केन्द्रमा रहेको गुटबन्दी भावना जिल्लाहरुमा पनि देखा प¥यो । कार्यकर्ता यसको र उसको भनेर गुटगत रुपमा चिनिन थाले । गुटमा नलाग्ने कार्यकर्तालाई टिक्नैै गाह्रो भयो । गुटमा नलागी तटस्थ बस्नेहरुले कस्तो पार्टी कस्तो भयो भन्न थाले ।
गुटबन्दीको भावनाबाट आक्रान्त भएको भए तापनि पार्टी पुनर्जीवित भएको अवस्था एउटा मौका थियो । पार्टी पुनर्जीवित भएझैं नेताहरुले पनि पहिलेको आग्रह र पूर्वाग्रह सबै त्यागेर एकताको बीउ बीजारोपण गरी नयाँ वातावरणको सिर्जना गर्न सक्थे । तर त्यतातिर कसैको ध्यान गएन । प्रधानमन्त्री ओलीले आफू नजिकका नेताहरुको केन्द्रीय कमिटीको बैठक बसेर माओवादी केन्द्रबाट आएकालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने र इतर समूहको नेताहरुको जिम्मेवारी खोस्ने गरिँदा वातावरण धमिलियो । अहिले एकातिर राष्ट्रिय भेला भएको छ भने अर्काेतिर संसदीय दलको बैठक राखिएको छ । ती दुवै बैठक समस्या समाधानका लागि होइन । यसले समस्या चर्काउने काम गरेको छ । उत्तेजना बढाएको छ । एमाले पार्टी अहिले विभाजनको संघारमा पुगेको संकेत गरेको छ । सत्तारुढ पार्टीको त्यो अवस्थाले देशको सिंगो राजनीति अन्यौल र अस्थिर भएको छ । तरंगित भएको छ ।
Related News
सम्बन्धित समाचार
मुलुक डुबाउने खेल रोक
वैकल्पिक सरकारका प्रस्ताव
सरकारको नेतृत्व गर्न कांग्रेस तयार
देउवा र प्रचण्डको भेटघाट
राजनीतिमा विश्वासको संकट
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८