रमणीय माछापुच्छ्रे हिमालको काखमा अवस्थित पोखरा भन्नासाथ मानिसहरुले श्वेत हिमश्रृङ्खलाहरु र फेवाताल सम्झिने गर्दछन् । पोखराको उत्तरी भागमा धेरै हिमचुचुराहरु छन् तर तिनीहरुको प्रयोग व्यावसायिकरुपमा खास भएको छैन । पोखरेलीहरु ती हिमालका धेरै नजिक भएर पनि व्यावसायिकरुपमा हिमाल आरोहणमा लागेको पाइँदैन । अहिले बल्ल हिमाल आरोहणमा पोखरेलीहरुको ध्यान गएको छ । पर्यटकीय नगरी पोखराको लागि यो एक महत्वपूर्ण कुरा हो । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सोमबार १० जना पर्वतारोहीको एक टोली धम्पुस पिक चढ्नेक्रममा पोखराबाट प्रस्थान गरेको छ । ६ हजार १२ मिटर उचाइको त्यो पिक आरोहण गर्न जीवनराज सापकोटाको संयोजकत्वमा सञ्चारकर्मी दीपक परियार, २ जना महिलाहरु मनु गुरुङ र हिराकुमारी मल्ल तथा अन्य आरोहीमा पर्यटक व्यावसायी सर्वश्री छिरिङ लामा शेर्मा, दीपेशबावु सुवेदी, सनकुमारी जुग्जाली, सुदीप गौतम, टासी पासाङ गुरुङ र प्रकाश वस्ताकोटी सम्मिलित छन् ।
उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा उद्योग, पर्यटन मन्त्री विकास लम्सालले राष्ट्रिय झन्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । तिनीहरु सोही दिन मुस्ताङको मार्फा पुगेका थिए । तिनीहरुले बेस क्याम्पमा २ दिन आधारभूत तालिममा सहभागी भएर माघ ३ गते धम्पुस पिक चढ्ने कार्यक्रम छ । पोखराबाट धौलागिरि, अन्नपूर्ण हिमाल आरोहण गर्ने विदेशी आरोहीहरु बराबर जाने गर्दछन् तर हिमाल आरोहण भन्नासाथ मासिनहरुले पूर्वतिरै सम्झन्छन् । नेपाली आरोहीहरु पनि पूर्वतिर नै लागेको देखिन्छन् । पश्चिमका हिमाल त्यसमा पनि पोखराबाट देखिने हिमाल चढ्न आफ्नै किसिमले गएको पाइँदैन । त्यस हिसाबले अहिले यो टोली नै पहिलो मान्नु पर्ने हुन्छ ।
हिमाललाई हाम्रो समृद्धि आधार मान्ने हो भने सरोकारवालाले सानातिना चुचुरा भए पनि चढ्ने प्रकृतिको विकास गर्नु पर्दछ । त्यसलाई एउटा फेसनजस्तै बनाउनु पर्दछ । हिमाल आरोहणलाई चलायमान बनाउनु पर्दछ । अध्ययन र अनुसन्धानका लागि पनि हिमाली क्षेत्र आकर्षकणको केन्द्र हो । त्यसमा अथाह निधि छिपेको हुन सक्दछ । हिमाल आरोहण हरेक दृष्टिले महत्वपूर्ण छ । पोखराबाट व्यवस्थितरुपले आयोजना गरिएको यो पहिलो आयोजना हो । यसलाई बढी प्रचारप्रसार गर्नु आवश्यक छ । साथै यसको लगत्तै दोस्रो र तेस्रो टोली पनि पढाउने व्यवस्था गरियो भने त्यसले युवामा हिमाल आरोहणप्रति अर्कै आकर्षण बढाउन सक्दछ । हामी यो टोलीको सफल आरोहणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
Related News
सम्बन्धित समाचार
कोभिडको खोप सुरु
गुरुङ भाषाको सम्मान
संवेदनशील राजनीति
कांग्रेसको बढ्दो भूमिका
राष्ट्रपति वाइडेनबाट अपेक्षा
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७