माओवादी केन्द्रको समाजवाद उन्मुख दस्तावेज

सम्पादक
पौष १४, २०७८

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन त्यस पार्टीभित्र मात्र होइन बाहिर पनि उत्तिकै चर्चित भएको छ । उनले प्रतिवेदनमा शान्ति सम्झौतादेखि अहिलेसम्मका घटना क्रमको मूल्यांकन गरेका छन् । त्यसमा उनले आफ्ना कमी कमजोरीहरुलाई बिस्तारपूर्वक उल्लेख गरेका छन् । उनी आपैmंले आफ्ना कमी कमजोरी बताएपछि अरु नेताहरुले उनको आलोचना गर्ने अवस्था त्यत्ति धेरै नरहेको नेताहरुको भनाइ छ । उनले आफ्नो प्रतिवेदनमा अझ पनि एमालेसँगको एकतालाई गर्न नहुने कार्य भनेका छैनन् । उनले प्रतिवेदनमा २१ औं शताब्दीको समाजवादको नेपाली मोडेल केकस्तो हुनुपर्दछ, त्यसको चित्रण गरेका छन् । त्यसअनुसार संगठन, विधि र प्रक्रियाबारे उल्लेख गरेका छन् ।
उनले आफ्नो पार्टी र अन्य पार्टीकाबीच तात्विक भिन्नता नदेखिएको स्वीकार्दै पार्टीका कमिटीहरु पारदर्शी हुनुपर्ने, कम्तीमा ६ महिनामा आर्थिक हिसाब प्रस्तुत गर्ने, लेबी कोटा, नियमित गर्ने तथा लेखा दुरुस्त पार्न जोड दिने बताएका छन् । उनले पार्टीका नेता र कार्यकर्तालाई उत्पादन, श्रम र श्रमिक समुदाय जोड्न आवश्यक भएको औंल्याएका छन् । दस्तावेजमा उत्पादन ब्रिगेडहरु बनाउनुपर्नेमा जोड दिँदै नेताहरु निश्चित समय गाउँमा गएर काम गर्नुपर्ने लेखिएको छ भने सांस्कृतिक रुपान्तरणमा नेता र कार्यकर्ताहरु कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति निमूृल गर्नुपर्ने लेखिएको छ । नेता र कार्यकर्ताहरुमा कम्युनिस्टपना हराउँदै गएकाले नेतृत्व चिन्तित भएर यस्तो कार्यक्रम ल्याउन लागेको देखिन्छ । तर यो कार्यक्रम लेख्न जति सजिलो छ, उति व्यवहारमा लागु गर्न सजिलो हुँदैन । फेरि १५ दिनसम्म गाउँमा गएर किसानसँगै काम गर्नुपर्ने जुन अवधारणा छ, त्यो अहिलेको जमानामा त्यत्ति व्यावहारिक हुने देखिँदैन । श्रमप्रधान क्षेत्र अरु धेरै छन् ।
अध्यक्ष दाहालको दस्तावेजमा उनले आफ्नै चिरफार गरेको उल्लेख गरेका छन् । त्यसको साथै दस्तावेज लेख्दा उनले धेरैतिर आफ्नो दृष्टि पु¥याएका छन् । उनले कोरा संगठनको मात्र कुरा नगरेर वातावरण र पर्यावरणका कुरा पनि गरेका छन् । हिमालका हिउँ पग्लेर गर्मी बढेको जलवायु परिवर्तन भएको, अत्यधिक रुपमा कार्बन उत्सर्जनको कुरा पनि उल्लेख छ । उनले समाजवादले मात्रै प्रकृति, समाज र मानव जातिको हित संरक्षणमा प्राथमिकता साथ योजना बनाएर अघि बढ्न सक्छ भन्न पनि भ्याएका छन् । दस्तावेजमा योग र ध्यानका कुरा पनि उल्लेख छ । प्रतिवेदनमा धेरै–धेरै विषय समेटेको छ । प्रतिवेदन पार्टीको आन्तरिक दस्तावेज हो । त्यसमा त्यस पार्टीका अन्य नेताहरुले के कसो भन्छन् र त्यसको साटो अर्काे संशोधन के कस्तो प्रस्ताव गर्दछन्, त्यो महत्वपूर्ण कुरा हो । तर पार्टीको अहिलेको स्थितिमा अध्यक्ष दाहालको विचारको खण्डन गरेर संशोधन प्रस्ताव प्रस्तुत गर्नु त्यत्ति सजिलो देखिँदैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width