जनशक्तिको अभाव

सम्पादक
भाद्र २९, २०७७

१. अहिले देशमा कतिपय विकास निर्माणका कार्यहरु ठप्प छन् । आवश्यक जनशक्तिको अभावमा काम हुन नसकेको हो । कोरोनाका कारण गरिएको निशेधाज्ञा बीच पनि निर्माणका कार्यलाई सरकारले खुकुलो नीति लिए पनि कामदार पाउन नसकिएको निर्माण व्यवसायीहरुको गुनासो छ । अन्य उद्योग व्यवसाययीहरुको हालत पनि उस्तै छ ।

२. चैत्र ११ देखि लकडाउन भएपछि मजदूरहरुलाई खाने बस्ने व्यवस्था नहुँदा अधिकांश मजदुर घर फर्किए । यातायात सञ्चालन नहुँदा उनीहरुमा फर्कन सक्ने अवस्था पनि भएन । वर्षाको खेतीपातीको वेला घर पुगेकाहरु कति आफ्नै गाउँघरको बाँझो फोर्ने र मेलापातमा नै व्यस्त भए । कोरोनाको महामारी फैलिदै गएपछि त्रास झन् बढ्यो ।

३. कति उद्योग धन्दा खुले पनि कामदारको अभावमा सञ्चालन हुन सकेका छैन । पसलहरु खुलेपनि बजारमा मानिसहरुको चहलपहल नहुँदा विक्री व्यापार पनि केही नभएको व्यवसायी बताउँछन् । निशेधाज्ञा खुकुलो भएका कारण मानिसहरुमा उत्साहको वातावरण बन्न सकेको छैन ।

४. कोरोना महामरीका बीच पनि मानिसलाई काम गर्नुपर्ने बाध्यता छ । रोगले भन्दा पनि भोकले मरिने डर छ । उद्योग व्यवसायीहरु पनि ऋणको मारमा छन् । बैंकको व्याज बुझाउन र घरभाडा बुझाउन नसक्दा व्यवसाय नै बन्द हुने स्थितिमा पुगेका छन् । व्यवसाय बन्द हुँदा धेरैको रोजगारी गुम्ने डर पनि पनि उत्तिकै छ ।

५. एकातिर विकास निर्माणका कार्यमा जनशक्ति अभाव छ । अर्काेतर्फ धेरै जना घरमै वेरोजगार भएर बस्नु पेको अवस्था छ । कोरोना महामारीले कतिञ्जेल यो स्थिति ररिहने हो थाहा छैन । तर महामारीका बीच पनि रोजगारीको व्यवस्था गर्न आवश्यक वातावरणको सिर्जना गर्नु पर्दछ । स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरेर यातायात लगायत उद्योग व्यवसायहरु सञ्चालनमा ल्याउनु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width