१. कास्कीको मादी गाउँपालिकामा निर्माणाधिन सात वटा वडा कार्यालय मध्ये ४ नं. वडा कार्यालयको निर्माण पूरा भई उद्घाटन भएको छ । ७ वटा वडामा निर्माण कार्य भईरहेकोमा ४ नं. वडा कार्यालय भवन सबैभन्दा छिटो निर्माण सम्पन्न भएको हो । अरु २ वडाको भवन बन्ने क्रममा छ ।
२. मादीमा जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेटबाट वडा कार्यालयहरु बनाउने कार्य धमाधम भईरहेको छ । गाउँपालिकाले पहिले वडाहरु नै व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिएर काम गरेको हो । वडा कार्यालयहरुको आफ्नै भवन नहूँदा विभिन्न समस्या झेल्नु परेको थियो । वडाहरुलाई व्यवस्थित गरेपछि समुच्च गाउँपालिका नै व्यवस्थित हुने भो ।
३. पहिलेका नौ वडा सहितका गाउँविकास समितिहरु अहिले एउटा वडा कायम भएका छन् । ५÷७ वटा गाविस जोडिएर एउटा गाउँपालिका बनेको छ । तर कतिपय गाउँबासीलाई भने वडा तथा गाउँपालिका टढा हुँदा समस्या भएको छ । कतिलाई त गाउँपालिका आउँदा वासै वस्नु पर्ने स्थिति बनेको छ । यस्तो समस्या मादी जस्तै अरु गाउँपालिकामा पनि छ ।
४. वडा नजिकै भएर पनि केही काम भएन भने जनतालाई नजिक हुनुको कुनै अर्थ रहँदैन । टाढा भएपनि राम्रो सेवा पाउन सके जनता खुसी हुन्छन् । गाउँवासीको आवश्यकता पुरा गर्न वडा तथा गाउँपालिका निरन्तर प्रयासरसत रहनुपर्छ । मादी गाउँपालिकाले पहिले वडालाई व्यवस्थित गरी अगाडि बढ्ने अभियान अगाडी बढाएको त्यो उदाहरणीय छ ।
५. वडा कार्यालय निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने जग्गादाताहरु सम्मानित भएका छन् । कृषि तथा शिक्षाको उर्वर थलोको रुपमा रहेको मादी–४, को तारकाङलाई शैक्षिक केन्द्रकै रुपमा विकास गर्ने जिल्ला समन्वय समितिको सोँच रहेको अवस्थामा स्थानीयको सहयोग पनि उत्तिकै जरुरी छ । जहाँ स्थानीयको श्रम र पसिना भिजेको हुन्छ । मादी गाउँपालिका जन सहयोग जुटाएर आफ्नो योजनाहरु पूरा गर्न सफल हुनेट भन्ने विश्वास लिन सकिन्छ ।
Related News
सम्बन्धित समाचार
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७