नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा भाडामा दिएर रेस्टुराँ बनाउने प्रकरण सेलाउन नपाउँदै लुम्बिनी क्षेत्रभित्र गुरु योजनाअनुसार क्याम्पिङ क्षेत्र भनेर छुट्याइएको ठाउँमा होटल निर्माण गर्न दिने लबिङ सुरु भएको छ । नारायणहिटीमा बतास ब्रदर्सको कम्पनीले रेस्टुराँका लागि निर्माणाधीन संरचना पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेको आदेशमा भत्काइएको थियो । तर लुम्बिनीमा उनै मन्त्रीले नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरज वैद्यकी छोरी समाना वैद्य बस्न्यातको कम्पनी संसारा वैलनेसलाई दिन प्रपञ्च मिलाउँदै छन् । उनले हालै लुम्बिनी कोषको अनौपचारिक बैठकमा त्यो कम्पनीसँग विस्तृत विवरण माग्ने निर्णय गरेपछि त्यो कुरा बाहिर आएको हो । त्यो कुरा बाहिर आउनासाथ त्यसको व्यापक विरोध भएको छ ।
लुम्बिनी धार्मिक रुपले पनि संवेदनशील क्षेत्र हो । भगवान् बुद्धको जन्मस्थल भएकोले त्यो पवित्र मानिन्छ । त्यसको गुरुयोजना जापानका प्रख्यात इन्जिनियर केन्जो टाँगाले तयार गरेका थिए । उनकै निर्णय र गुरुयोजनाअनुसार त्यहाँ निर्माण कार्य भईरहेको छ । गुरुयोजना अनुसार क्याम्पिङ क्षेत्रमा खुला आकाशमा बस्न, ध्यान गर्न, टेन्ट टाँगेर बस्न मिल्ने, आगो ताप्दै बस्न (क्याम्प फायर) का लागि यो त्यो ४ विघा जमिन छुट्याइएको छ । अहिले त्यही जग्गामा धेरैको गिद्धे दृष्टि परेकोे छ । अहिले वैद्यको कम्पनीले जे गर्न लागेको छ, त्यो गुरुयोजना विपरीतको योजना हो । गुरुयोजना विपरीत निर्माण कार्य गर्न दिनु हुँदैन । यसमा सबै सजग र सतर्क हुनुपर्दछ ।
गुरुयोजना बिगारेर आपूmखुसी निर्माण कार्य गर्दा निश्चय नै त्यसबाट केही फाइदा होला । तर गुरुयोजना बिगार्नेहरुमध्ये यो कम्पनी पनि एक हो भनेर औंला तेस्र्याउँदा त्यसको प्रभाव पछि के पर्ला? त्यो सोच्नुपर्ने कुरा हो । फेरि त्यो कम्पनीलाई लुम्बिनी विकास कोषले अपारदर्शी किसिमले जे–जसरी दिन लागेको छ, त्यसो गर्नु नै भित्र केही लेनदेन भएरै हो । त्यसरी लेनदेन गरेर गुरुयोजना विपरीत कार्य गर्न दिँदा त्यसको बाछिटा सम्बन्धित सबैलाई लाग्न सक्छ । पवित्र स्थल लुम्बिनीमा मानिसहरु तीर्थ यात्रा गरेर पुण्य सञ्चय गर्न जान्छन् । तर हामी त्यही ठाउँमा गएर अपारदर्शी किसिमले लेनदेन गर्छौं, अनियमित किसिमले कागजपत्र मिलाउँछौं र गुरुयोजना बिगार्छौं भने त्यसको प्रभाव र परिणाम के होला? लुम्बिनीमा यसो–तेसो गर्नु मात्र मौलिक कुरा मात्र होइन, धार्मिक कुरा पनि हो । धार्मिक कुरा कसैले देख्यो कि देखेनन् भन्ने सँग मात्र सम्बन्ध हुँदैन । यो मनभित्रको कुरा पनि हो । बाहिर अरुलाई छल्न सकिन्छ, तर आफ्नै अन्तरमनलाई कसरी छल्ने? यो पाप र पुण्यको कुरा पनि हो । अरुभन्दा लुम्बिनीको यो प्रकरण छुट्टै भएकोले हामी सम्बद्धसँग एकपटक छातीमा हात राखेर निर्णय गर्न आग्रह गर्दछौं ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१