भगवान् बुद्धको जन्मस्थल पवित्र लुम्बिनीको आकर्षक किसिमले विकास भइरहेको छ । लुम्बिनीमा विभिन्न बौद्ध देशहरु र बौद्ध संघसंस्थाले आ–आफ्नै देशको कला कौशलले सिँगारेर आफ्नै ढाँचामा चैत्य, विहार, गुम्बा आदि सम्पदाहरु निर्माण गरेका छन् । जसले गर्दा लुम्बिनी वास्तवमा नै दर्शनीय भएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय सद्भावको प्रतीक भएको छ । यसको लोकप्रियता बढेको छ, ख्याति बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध धर्मावलम्बीहरुले एकपटक पवित्र लुम्बिनीमा दर्शन गर्न आउनुपर्ने भावनाको विकास भइरहेको छ । तर यसको जति ख्याति बढेको छ, महत्व बढेको छ, उति यसको डाह, इष्र्या गर्नेहरु पनि बढेको बौद्धमार्गीहरुको गुनासो छ । त्यसरी डाह, इष्र्या गर्नेहरुले यसको पवित्रतामा आँच पुर्याएर यसलाई बिगार्ने प्रयास गरिरहेको बौद्ध धर्मावलम्बीहरुले बताउने गरेका छन् । हाल लुम्बिनीमा माघ २१ देखि २९ गतेसम्म हिन्दुस्थानका हिन्दु गुरु मोरारी बाबुबाट श्री राम कथा प्रवचनलाई त्यही किसिमले लिने गरिएको छ र त्यसको बौद्ध संघ संस्थाहरुले विरोध गर्दै छन् ।
लुम्बिनी बौद्धहरुको पवित्र तीर्थस्थल हो । यहाँ आएर अन्य धर्मको प्रचारप्रसार गर्नु, अनुष्ठान गर्नु उचित होइन । त्यो हस्तक्षेप हो, अतिक्रमण हो । त्यसलाई बौद्धहरुको धेरै सञ्जाल भएको धर्मोदय सभाले विरोध जनाएको छ । मोरारी बाबुको त्यस कार्यले बौद्धहरुको आस्थामा आघात पर्ने र धार्मिक सहिष्णुता खलबलिने कुरा जनाइएको छ । त्यस्तै पोखराको धर्मोदय सभा कास्की, धर्मशिला बुद्ध विहारलगायत १७ वटा संघ संस्थाहरुले विरोध गरेका छन् । तिनीहरुले त्यो कार्यक्रम तुरुन्त रोक्न संबद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
लुम्बिनीमा आएर हिन्दु स्थानका पण्डितहरुले धार्मिक अनुष्ठान गर्न खोजेको यो पहिलो पटक होइन । २०५६ सालमा पनि तिनीहरुले करुणामा आधारित हिन्दु बौद्ध अवधारणा शीर्षक दिएर अन्तर्राष्ट्रिय गोष्ठी गर्न लागेका थिए । बौद्धहरुको चर्को विरोधका कारण तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले त्यो गोष्ठी लुम्बिनी क्षेत्रभित्र नगर्न रोक लगाएका थिए । तिनीहरुले किन पटक–पटक त्यसो गरिरहेका छन्, त्यो बुझ्न नसकिने कुरा भएको छ । तिनीहरुले कहिले कपिलवस्तु भारतमा पर्दछ भनेर प्रचार गरे भने कहिले बुद्ध भारतमा जन्मेका हुन् भनेर दाबी गरे । तर ती सबै झुठ ठहरिए । अहिले लुम्बिनी भित्रबाट आफ्नो प्रचार गर्न खोज्दै छन्, त्यो कदापि उचित होइन । तिनीहरुको त्यस कार्यले धार्मिक सहिष्णुता नष्ट गर्न सक्छ र आपसमा वैमनस्यता बढाउन सक्छ । धर्म जस्तो संवेदनशील विषयमा बराबर त्यस्तो गर्नु कदापि उचित होइन । त्यसलाई पहिले पहिले जस्तै गरेर सरकारले तुरुन्त रोक्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
स्ववियुको महत्वपूर्ण चुनाव
व्यङ्ग्यकलाकार वात्स्यायनको सम्मोहन
आर्थिक पक्षको महत्व सर्वाधिक
चीनमा सीजिनफिङ फेरि राष्ट्रपति चयन
नयाँ राष्ट्रपतिका नयाँ चुनौती
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९