लकडाउन खुकुलो

सम्पादक
जेठ ३०, २०७७

१. सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा नगर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसइईलाई विद्यालयको आन्तरिक मुल्याङ्कनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । विद्यालयहरुले पठाएको आन्तरिक मूल्याङ्कन नम्बरको आधारमा परीक्षा बोडबाठ ग्रेड निर्धारण गरि परीक्षाफल सार्वजनिक गरिने भएको छ । गत चैत ६ गते हुने भनिएको एसइई परीक्षा कोरोना संक्रमणका कारण अन्तिम अवस्थामा आएर चैत्र ५ गते घोषणा गरी स्थगित गरिएको थियो ।

२. यसैगरी लकडाउनलाई खुकुलो बनाउँदै मोडालिटी परिवर्तन गरिएको छ । पसलहरु खुल्न पाउने भएका छन् । सरकारले सुरक्षाको मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो । रेष्टुरेण्टहरुबाट खाना लैजानमात्र पाइने, तर त्यही बसेर खान निशेष गरिएको छ । विद्यालय, सिनेमा लगायत भिडभाड हुने स्थानहरु तत्काल खुला नगरिने भएको छ ।

३. निजी सवारी साधन जोर विजोर गरेर चलाउन दिइने भएको छ । सवारी साधनको नम्बर प्लेटको अन्तिम अंकलाई जोर विजोरको आधार मानेर जोर गतेका दिन जोर र विजोर गतेका दिन विजोर नम्बरका गाडीलाई चल्न दिने जनाइएको छ । मोटरसाइकलमा एकजना र निजी कारहरुमा चालक बाहेक दुइ जनामात्र चढ्न पाउने छन् ।

४. सार्वजनिक तथा लामो दूरीका सवारी भने चल्न नदिइने भएको छ । सार्वजनिक यातायातमा हुने भीड र कोरोना संक्रमणलाई दृष्टिगत गरी रोकिएको हो । सरकारले असार १ गतेबाट सरकारी कार्यालयहरु पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको भए पनि सार्वजनिक यातायात नचल्दा कार्यालयमा जान कर्मचारी तथा सेवाग्राहीलाई असहज हुने भएको छ ।

५. झण्डै तीन महिना लकडाउन कडा गरिदा जजजीवनमा प्रत्यक्ष असर पर्नुका साथै देशको आर्थिक अवस्था डावाडोल भयो । विदेशबाट आउने हवाई यातायात रोकिए पनि खुला सीमानाका कारण कोरोना संक्रमण रोकिएन । सीमानामा जाँच तथा क्वारेन्टिनको राम्रो व्यवस्था नहुँदा संक्रमण गाउँगाउसम्म फैलियो । लकडाउन खुकुलो हुँदै जाँदा अरु बढ्न सक्ने हुँदा सबैले सुरक्षाका उपायहरु अपनाउन जरुरी छ । प्राप्त सुविधालाई सकर्तकता साथ उपयोग गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width