नेत्र विक्रम चन्द विप्लव समूहले सरकारले आफ्ना नेताहरु पक्रेको विरोधमा केही दिन पहिले नेपाल बन्दको आह्वान गरेको थियो भने नेकपा (दाहाल–नेपाल) समूहले विहीबार आम हडतालको आह्वान गर्यो । त्यस पार्टीले सरकारले जबर्जस्ती संवैधानिक निकायमा गरिएका पदाधिकारी नियुक्तिको विरोधमा आम हडताल गरेको थियो । त्यो पार्टी र सरकारबीच शक्ति प्रर्दशनको होड चलेको बेलामा फेरि–फेरि पनि यस्ता बन्द हुने अनुमान गरिएको छ । नेपाल बन्द जसले जे कारणले आह्वान गरेको भए तापनि त्यसले देशको आर्थिक क्षेत्र र सर्वसाधारणको दैनिक जीवनमा नराम्ररी असर पार्ने भएकाले नेपाल बन्दलाई सधैंका लागि बन्द गरिनु पर्ने आवाज बुलन्द भएको छ ।
केही वर्ष पहिले माओवादी युद्धको बेला बन्द र हड्तालको घटनाले देशको सिंगो आर्थिक क्षेत्र क्षत विक्षत भएको थियो । त्यसवेला कुन वेला कसले बन्दको आह्वान गरको हो, त्यो पनि थाहा नपाएरै पनि बन्द हुने गरेको थियो । त्यसवेला भएको श्रृङ्खलाबद्ध बन्द हडतालबाट सबै वाक्क–दिक्क भएका थिए । संविधान सभाले संविधान बनाएपछि बन्द हड्तालले पुर्याएको प्रभावलाई मनन गरेर राजनीतिक पार्टीहरुले अब बन्द हड्ताल नगर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि बन्द हड्तालका घटना उल्लेखनीय रुपमा घटेका थिए । तर अहिले त्यो घटना फेरि दोहोरिने सम्भावना बढेको छ ।
नेपालको आर्थिक पक्ष कोभिड–१९ र त्यसको रोथामका लागि गरिएको लकडाउनबाट नराम्ररी प्रभावित भएको छ । काम गरेर खानु पर्ने वर्ग भोकभोकै रहनु परेको तीतो अथार्थ कसैबाट छिपेको छैन । त्यसबाट राम्ररी तंग्रिन नपाउँदै यो आम हड्तालरुपी रोगको संक्रमण बढ्न लागेको छ । यो हाम्रा लागि दुःखद् पक्ष हो । नेताहरुले यत्ति छिट्टै आफ्नो प्रतिबद्धता बिर्सेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संस्थाहरुले बन्द नगर्न आह्वान गरेका छन् । तर ती संस्थाहरुको अपील पनि सुन्न चाहेको देखिएन । तिनीहरु एक सुरले अघि बढिरहेका छन् । अब नेपाल बन्द कसले आह्वान गर्छ र कहिले गर्छ, त्यो थाहा छैन । जसले आह्वान गरे पनि त्यो घातक रोग सरह हो । यसतो रोगलाई आउन दिनै हुँदैन, आए पनि त्यसलाई सफल हुन दिनै हुँदैन । यसमा राजनीतिक पार्टीका नेताहरुले आफ्ना प्रतिबद्धता सम्झनु पर्दछ र त्यो प्रतिबद्धतालाई व्यवहारमा उतार्नु पर्दछ । नेपाल बन्द हडताललाई सधैंका लागि बन्द गरिनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
देशमा अन्योलको स्थिति
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७