वाम आन्दोलनलाई नोक्सान

सम्पादक
पौष ९, २०७७

महिनौंसम्मको वादविवाद, आरोप–प्रत्यारोप र एकले अर्काेलाई न्म्निस्तरमा हिलो छ्यापाछ्याप गरेपश्चात नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । त्यो पार्टी ओली पक्षधर र दाहाल–नेपाल पक्षधरका रुपमा विभाजित भएका छन् । विभाजित दुवै औपचारिकता पाउन निर्वाचन आयोग पुगेका छन् । पूर्व एमाले र पूर्व माओवादी पार्टीले २०७४ सालमा चुनावी गठबन्धन गरेका थिए । तिनीहरुले चुनावी गठबन्धन गरी चुनाव लडेर राम्रो परिणाम हात पारेपछि कम्युनिस्ट राजको स्वर्णिम सपना देखेका थिए । त्यो सपनाले उनीहरुलाई एकताबद्ध हुन प्रेरित गरेको थियो । फलत उनीहरु २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा एकताबद्ध भएका थिए । एकताबद्ध भएको पार्टी केपी ओली र पुष्पकमल दाहालको संयुक्त नेतृत्वमा सञ्चालन भएको थियो । सरकारको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरियो । सरकार सञ्चालनको एक वर्षमा उनीहरुबीच वैमनस्य देखियो । त्यो मनमुटाव बढ्दै गएर आज तिनहिरु विभाजित नै भए ।

पार्टीको अन्तरकलह बढ्दै गएपछि प्रधामन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे । उनले प्रतिनिधि सभा विघटन गरेपछि त्यो तिनीहरुको अन्तरकलह मात्र भएन । त्यसले देशको राजनीतिमा नै प्रभाव पारेको छ । आज देश फेरि एक पटक अनिश्चयको भूमरीमा फसेको छ । स्पष्ट बहुमत ल्याएपछि स्थिर सरकार हुन्छ भन्ने कुरामा प्रश्न चिन्ह लागेको छ । प्रतिनिधि सभाको विघटनको घोषणाले सबै पार्टी तरंगित भएका छन् । तिनीहरु अधिकांश आन्दोलनको स्थितिमा पुगेका छन् । विभाजित पार्टी भने मुठभेडको मनस्थितिमा छन् । तिनीहरुको विवाद अब केन्द्रबाट प्रदेश र स्थानीय तहमा पनि पुग्ने देखिन्छ । त्यो विवादले नीतिमा नयाँ समीकरण बन्ने र त्यहाँको सरकार फेरबदल हुने देखिन्छ ।

प्रदेश र स्थानीय तहमा पनि जोड घटाउ सुरु भएको छ । केही मुख्यमन्त्रीहरुको मेच हल्लिरहेको छ । पार्टी कार्यालय कब्जा गर्ने कार्यकर्ताहरु दौडधूप गर्न थालेका छन् । यस्तोमा एक पक्षले अर्काे पक्षलाई निस्काशन गर्नु स्वभाविक हो । केन्द्रले त्यसको सुरुआत गरिसकेको छ । विश्लेषकहरु र केही वाम बुद्धिजिवीहरुले नेकपाको यो एकीकरण टिक्ने छैन भनी सुरु देखि नै भन्दै थिए । उनीहरुले बिना सिद्धान्त र बिना आधारमा एकीकरण गरिएको टिप्पणी गरेका थिए । अझ केहीले पदको लोभमा परेर गरिएको एकीकरण भन्ने पनि गरेका थिए । त्यो कुरा आज आएर सिद्ध भएको छ । यो विभाजनले आन्दोलनलाई धेरै पछि पारेको छ । धेरै नोक्सान गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width