Worldlink ads

सानो लगानी, ठूलो उपलब्धि

सम्पादक
असार २४, २०७८

अपांगता भएकाहरु आफ्नै समस्या लिएर बाँचेका छन् । यसै त प्राकृतिक रुपमा उनीहरु फरक हुन्छन् । त्यसमाथि पारिवारिक र सामाजिक विभेद झेल्न उनीहरु बाध्य छन् । अपांगता धेरै प्रकारका हुन्छन् । त्यसैअनुसारको समस्या पनि । कोही आँखा देख्दैनन्, कोही बोल्न सक्दैनन्, कोही कान सुन्दैनन्, कोही बौद्धिक अपांगता भएका छन् । तीमध्ये बहिराहरुले झेल्ने गरेको समस्या फरक छ । कान सुन्न नसक्नेले बोल्न सक्दैनन् । किनभने सिक्ने भनेको देखेर वा सुनेर हो । जब सुन्ने क्षमता नै छैन भने उसले कसरी सिकोस् ? नेपालका विद्यालयहरु अपांगतामैत्री छैनन् । अनि अर्को समस्या कस्तोखाले अपांगता भएकालाई के के व्यवस्था गर्ने ? बहिरा अपांगता भएकाहरुको मुख्य समस्या बनेको छ शिक्षा । अघि नै भनियो कि कान नसुनेपछि भाषाको ज्ञान उनीहरुलाई हुने कुरै भएन । दैनिक प्रयोग हुने भोक लाग्यो, खाना खान्छु जस्ता सामान्य कुरा पनि भन्न सक्दैनन् उनीहरु । कतिपय अवस्थामा त यो समस्याबारे अभिभावक जानकार नै हुँदैनन् ।
अहिले आएर सांकेतिक भाषाको प्रयोग हुन थालेको छ । तर सबैतिर दोभाषे कहाँ उपलब्ध हुन्छन् र ? कतिपय अभिभावकले आफ्ना बालबालिकको सहजताका लागि सांकेतिक भाषा तालिम लिएका हुन्छन् । जसका कारण अपांगता भएकाहरुलाई सहज हुन्छ । जसबाट अभिभावक र बहिरा छोरा छोरीबीचको भाषा नबुझ्ने समस्या रहँदैन । अहिले श्रवण अपांगता भएका बालबालिका र अभिभावकलाई सहज गराउन उनको पहलमा डिजिटल सांकेतिक पाठ्यसामग्री तयार गरिएको छ । गण्डकी प्रदेशको आर्थिक सहयोग, शिक्षा तालिम केन्द्र तनहुँको संयोजन तथा सिर्जना बहिरा आवासीय मावि पोखराको समन्वयमा सामग्री निर्माण गरिएको हो ।
नेपालमै पहिलो पटक डिजिटल सामग्री निर्माण गरी बालबालिकाको पठनपाठनमा नयाँ प्रयोगको चरणमा रहेको बताइएको छ । यसले अभिभावकमा थोरै भए पनि श्रवण अपांगता भएका छोराछोरीलाई हेर्ने नजर परिवर्तन हुनेछ ।
प्रदेश सरकारको १० लाख सहयोगमा सिर्जना बहिरा विद्यालयले बहिरा विद्यार्थीहरुका लागि कक्षा १ को सबै विषयहरु (मेरो नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो) विषयलाई डिजिटलाइज्ड अर्थात् प्रविधिमैत्री बनाइएको छ । यसले शिक्षामा प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकलाई समेत शिक्षण सिकाइमा प्रत्यक्ष लाभ मिल्नेछ । लोककल्याणकारी राज्यमा अपांगता भएका नागरिकहरुले त्यसै अनुसारको सुविधा पाउनुपर्ने हो । तर यहाँ त नागरिकका समस्याभन्दा राजनीतिक दलहरु सत्ता लिप्सामै केन्द्रित देखिन्छन् । तर जेभए पनि बहिरा अपांगताको क्षेत्रमा भएको यो राम्रो प्रयास हो । यस्ता प्रयासलाई जारी राख्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

    • सद्भावपूर्ण संसद

      सम्पादक असाेज १, २०७८
      राजनीति परिवर्तनसँग गण्डकीमा सरकार फेरियो । हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने बाध्यता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको काँधमा…
    • माछापुच्छ्रे आरोहण खोलौं

      सम्पादक भाद्र २९, २०७८
      माछापुच्छ्रे हिमाल (६,९९३ मिटर) पर्वतारोहणका लागि खुला गर्ने/नगर्ने भन्नेबारे फेरि बहस सतहमा आएको छ । कोरोना अघि निकै तातेको थियो…
    • तालमुनिको जग्गा दर्ता गर्नेलाई कारबाही गर

      सम्पादक भाद्र २८, २०७८
      फेवा पूर्ण प्राकृतिक ताल होइन । बैदामको तल्लो भागमा बाँध बाँधेपछि तालको आकार लिएर फेवा फैलिएको विभिन्न अध्ययनहरुले देखाएका छन्…
    • कांग्रेस महाधिवेशन र लोकतान्त्रिक अभ्यास

      सम्पादक भाद्र २७, २०७८
      नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत यतिखेर चुनावी सरगर्मी बढेको छ । तल्लो तहदेखि माथिल्लो तहसम्मै चुनावी माहोल तातेको छ ।…
    • एमसिसी विवाद छिटो टुंग्याऊ

      सम्पादक भाद्र २२, २०७८
      देशमा फेरि एक पटक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) विवाद चर्केको छ । सरकार पक्षमा देखिएको छन् भने अर्काेतिर एमसिसी…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads