कुलमानको सम्मान

सम्पादक
भाद्र ११, २०७७

१. नेपाल विद्याुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ जनताको सम्मान प्राप्त गरेका सरकारी संस्थाका लोकप्रिय व्यक्तित्व हुन् । विद्याुत चुहावन रोकर देशलाई लोड सेडिङ मुक्त बनाएकोमा उनले सबैको सम्मान प्राप्त गर्न सफल भए । यो उनको कार्य कुशलताको कदर हो । उनी जस्ता कुशल व्यक्तित्व अरु निकायमा पनि भईदिए देश चाँडै नै विकसित हुने आशा सबैले गरेका छन् । सरकारी संस्थामा रहेर पनि नेताको भन्दा बढी लोकप्रियता कमाउन सकिन्छ भन्ने उदाहरण उनले दिए ।

२. यति सम्मानित कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणमा रहेको प्रबन्ध निर्देशक पदनको अवधि सकिदैछ र सरकराले उनको सट्टा अर्काे व्यक्ति ल्याउँदै छ भन्ने हल्लाले जनमानसमा तातेको छ । घिसिङलाई उक्त पदबाट हटाउन हुदैन र पुनः स्थापित गराउनुपर्छ भन्ने आवाज जनताबाटै उठ्न थालेको छ । उनी जत्तिको काम गर्ने मानिस जनताले अरु देखेको छैनन् । उनीमाथि धेरै विश्वास रहेको छ ।

३. यसैबीच पोखरामा कुलमानको पक्षमा छोटो चलचित्र पनि बनेको छ । उनको कार्यकाल सकिदै गर्दा उनले लोडसेडिङ अन्त्य गर्नको लागि गरेको योगदानको सम्मानमा पोखरा–१३ का युवाहरुले उक्त फिल्म निर्माण गरेका हुन् । अदेश इण्टरटेन्मेन्टले तयार गरेको कुलमान घिसिङ लाईट अफ नेपाल नामक उक्त फिल्म १३ मिनेट ३१ सेकेण्डको रहेको छ । फिल्मको मुख्य उद्देश्य भनेकै कुलमानलाई फेरी सोही पदनमा निरन्तरता दिनु रहेको जनाईएको छ ।

४. देशमा विद्याुत सुधार गर्नेबारे कुलमानका धेरै राम्रा योजनाहरु रहेको र त्यो पुरा गर्ने उनको लक्ष्यलाई सबैले साथ दिन पर्ने युवाहरुको जोड छ । कुलमानका काम कुरा बारे सरकार पनि अनविज्ञ छैन तर फेरी उनलाई हटाउने कुरा किन आइरहेको छ बुझ्न सकिदैछ । सरकारले राम्रो काम गर्नेलाई स्थान दिदैन र मन्त्रीका आफ्ना मान्छे राख्न अरुलाई हटाउँछ भन्ने धारणा आम जनमानसमा पर्ने गरेको छ । यसको अर्थ यही हो की सरकार माथ जनताको विश्वास छैन, अर्थात सरकार जनविश्वास जिन्त सकिरहेको छैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width