कृष्ण जन्माष्टमीको महिमा

सम्पादक
भाद्र १४, २०७८

आज कृष्ण जन्माष्टमी अर्थात् भगवान् श्रीकृष्ण जन्मेको दिन । भगवान् श्रीकृष्ण जन्मेको दिन भएकाले आजको दिनलाई पवित्र र महत्वपूर्ण मानिन्छ । हिन्दुहरु आज बिहानै नदीमा गएर नुहाउने गर्दछन् र व्रत बस्दछन् । श्रीकृष्णको मन्दिर भएको ठाउँमा मेला लाग्दछ । भक्तहरु ठूलो उत्साहका साथ कृष्ण मन्दिरमा गएर पूजा गर्दछन् । भक्तिभाव प्रदर्शन गर्दछन् । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
धर्म संस्थापकहरु धेरै छन् । तिनीहरुको आ–आफ्नै विचार र व्यवहार छन् । तर भगवान् श्रीकृष्णको विचार–व्यवहार अरुहरुको भन्दा फरक छ । उनको स्वभाव–व्यवहार आफ्नै किसिमको भएकाले अरुहरुलाई कस्तो–कस्तो पनि लाग्न सक्दछ । उनले बच्चा दसखनै अनौठो एवं आश्चर्यजन क्रियाकलाप गर्दथे जसलाई कृष्ण लीला भनिन्थ्यो । कृष्ण लीलालाई पनि महत्वका साथ लिने गरिएको छ । हिन्दुहरुको लागि त्यो महत्वको कुरा भएकाले आजभोलि पनि कतिपय ठाउँमा नाटकजस्तै गरेर कृष्णलीलाको आयोजना गरी प्रदर्शन गर्ने गरिन्छ । भगवान् श्री कृष्णको चर्चा गर्दा पञ्चपाण्डव र कौरवहरुको युद्ध भएकाले त्यसलाई महाभारत युद्ध भन्ने गरिएको हो । त्यो महाभारत युद्धको सुन्दर र विस्तृत वर्णन महाभारत शास्त्रमा गरिएको छ । त्यसमा अनेक किसिमले युद्धको नीति, रणनीति र युद्धकलाको वर्णन गरिएको छ । महाभारत युद्धको फिल्म पनि तयार गरिएपछि त्यो थप महत्वपूर्ण र लोकप्रिय भएको छ ।
भगवान् श्रीकृष्ण र धार्मिक ग्रन्थको चर्चा गर्दा बिर्सनै नहुने अर्को महत्वपूर्ण ग्रन्थ हो– भागवत गीता । गीता अत्यन्त पवित्र मानिन्छ । त्यसमा हिन्दु धर्मका अनेक ज्ञान गुण र दर्शनसम्बन्धी सुत्रहरु छन् । त्यसको अध्ययन गरेर तथा त्यसबाट प्रभावित भएर विदेशी विद्वानहरु पनि हिन्दु धर्ममा लागेका छन् । त्यसरी लाग्नेहरुले त्यस ग्रन्थको आफ्नो भाषामा अनुवाद पनि गरेका छन् । धेरै विदेशी भाषामा त्यसको अनुवाद भएको छ । त्यसरी विभिन्न भाषामा भएको अनुवादले पनि धेरै विदेशीहरुलाई हिन्दु धर्मप्रति आकर्षित गर्न सघाएको छ । पूर्वीय दर्शनको एउटा महत्वपूर्ण ग्रन्थको रुपमा गीता स्थापित भएको छ ।
वैदिक दर्शनको अमूल्य निधि श्रीमद्भगवद्गीतालाई योगेश्वर भगवान् श्रीकृष्णको साकार रुप मानिन्छ । गीतामा निष्काम कर्मयोगद्वारा सदैव कर्मशील बन्न निर्देशन गरिएको छ । निष्काम भावबाट गरिएको कर्म नै सुकर्म बन्दछ । कामना र आशक्तिबाटै कर्म दूषित हुन्छ । कामना र आशक्ति नै बन्धनको कारण हो भनिएको छ । स्वाभाविक प्रेममा सद्भावना हुन्छ, विवेक र जागरण हुन्छ, जसबाट लौकिक तथा पारलौकिक कल्याण प्राप्त हुन्छ । आशक्तियुक्त प्रेममा जसले काम क्रोध, लोभ, राग आदि मोह विकार उत्पन्न गराउँछ, जुन वासनायुक्त हुन्छ । प्रेमावतार भगवानले प्रेमलीलाको माध्यमबाट यसैतर्फ सचेत गराउनु भएको छ ।
भारतका महात्मा गान्धीले भारतको स्वतन्त्रता आन्दोलनमा गीता च्यापेर सत्याग्रह गरेका थिए । गान्धीलाई आफ्नो सत्याग्रह आन्दोलन सफल पार्न गीताले धेरै सघाउ पु¥याएको थियो भने त्यसपछि अरुहरुले पनि गीता लिएर त्यसको अध्ययन गरेका थिए । त्यसबेला गीताको लोकप्रियता उल्लेखनीय रुपमा बढेको थियो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width