कृषि उपज केन्द्र

सम्पादक
असार २२, २०७७

१. पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा कृषि उपज खरिद विक्री केन्द्र स्थापना भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको अगुवाई तथा पोखरा महानगरपालिका र सांसद विकास कोषको सहयोगमा उक्त केन्द्र निर्माण भएको हो । सो केन्द्रको लेखनाथ उद्योग वाणिज्य संघको २४ औं वार्षिकोत्सव अवसरमा शनिबार शुभारम्भ गरिएको थियो ।

२. एक करोड पचास लाख रुपैंया लागतको उक्त केन्द्रमा २६ वटा सटर रहने र लगत्तै नयाँ आर्थिक वर्षको प्रारम्भमै सञ्चालनमा ल्याइने जनाइएको छ । केन्द्रमा कृषक, कृषक समुह तथा कृषि सहकारीले प्राथमिकता पाउने छन् । उत्पादित वस्तुहरु एकै थलोमा संकलन गरी विक्री वितरण हुने भएपछि खरिदकर्ता तथा उपभोक्तालाई पनि सहज हुने भएको छ ।

३. पोखरा महानगरपालिका कै अंग भएपनि लेखनाथ कृषि क्षेत्रको रुपमा परिचित छ । पोखरामा गाभिनु अघि लेखनाथ नगरपालिकाले ‘किनेर पनि खान्न तरकारी विना पनि खान्न’ भन्ने नारा अघि सारेर तरकारी खतेीलाई जोड दिदै आएको थियो । कृषक उत्पादन विक्रीका लागि लेखनाथले अन्यत्र बजार खोज्नु पर्ने अवस्था छैन । बढ्दो वस्तीका कारण उपभोक्ताहरु लेखनाथ मै पर्याप्त छन् ।

४. कृषकले उत्पादन गरेको थोरै वस्तु लिएर कहाँ जाने र उपभोक्ताले पनि ताजा वस्तु सहज रुपमा कहाँ उपलब्ध होला भनि खोज्न अब टाढा जानु नपर्ने भयो । आफ्नै स्थानमा कृषि उपज संकलन तथा विक्री केन्द्रको स्थापनाले लेखनाथका कृषक र उपभोक्ता दुवैले ठूलो अवसर प्राप्त गरेका छन् । यसका लागि पहल गर्ने लेखनाथ उद्योग वाणिज्य संघ धन्यवादको पात्र बनेको छ ।

५. धेरै वर्ष अघिदेखि लेखनाथ उद्योग वाणिज्य संघद्वारा सञ्चालन हुदै आएको ‘लेखनाथ महोत्सव’ देशभरी नै ठूलो मेलाको रुपमा चर्चित हुदै आएको हो । उक्त मेलामा पनि स्थानीय उत्पादनले प्राथमिकता पाउँदै आएको थियो । मेला वर्षको एक पटक डेढ हप्ता मात्र चल्दा अरु वेला स्थानीय उत्पादनलाई बजार सहज थिएन । तर केन्द्रकै स्थापनाले कृषक तथा उपभोक्ताले सधैं यो अवसर प्राप्त गरेका छन् । विक्री केन्द्रको व्यवस्थाले अव कृषि उत्पादन पनि बढ्ने विश्वास लिन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width