ओलीको झटारो

सम्पादक
चैत्र १, २०७७

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले फेरि अर्काे झटारो हानेका छन् । यस पटक उनको झटारो आफ्नै पार्टीका नेताहरु माधव नेपाल र झलनाथ खनाल समूहमाथि बज्रेको छ । सर्वाेच्च अदालतले आफ्नो एक निर्णयमा ती नेतालाई आफ्नो पुरानो पार्टी नेकपा एमाले फर्कन आदेश दिएको थियो । त्यो आदेशअनुसार नेताहरुले त्यो पार्टीलाई ब्युताएर के कसरी सञ्चालन गर्लान् भनी उत्सुकतापूर्वक हेरिरहेका बेला अनपेक्षित रुपले झटारो प्रयोग गरिएको छ । एउटा बैठकसमेत नबसीकन पार्टीका अध्यक्षको हैसियतले उनले आफू इतरका विभागीय प्रमुखलाई तिनीहरुको जिम्मेवारीबाट हटाएका छन् । यसले पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको छ ।

माधव नेपाल पक्षधरले ओलीको यो निर्णयलाई विधान विपरीत र हास्यास्पद भनेका छन् । उनको त्यो निर्णयले एकातिर आफू इतरकालाई जिम्मेवारीबाट हटाएका छन् भने अर्काेतिर उनको नजिक आएका पूर्व माओवादीलाई केन्द्रीय सदस्य बनाएर जिम्मेवारी पनि सुम्पेका छन् । उनले २३ जना माओवादीमा नफर्कीएका नेतालाई आफ्नो पार्टीमा समाहित गरेका छन् । माओवादीका २३ मध्येका नेतामा गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा लगायतका छन् । तिनीहरु ओली पक्षमा रहनुलाई पनि अनपेक्षित मानिएको छ ।

सर्वाेच्च अदालतका आदेशबाट राजनीतिले एउटा कोर्स समात्छ र राजनीति स्पष्ट हुन्छ भन्ने जुन आशा थियो, त्यो आशा पनि धमिलिंदै गएको छ । प्रधानमन्त्री ओलीले निर्धक्कसाथ आफ्ना विरोधीलाई बल मिचाइ गरी प्रहार गरिहेका छन् भने उनका इतरका पार्टीहरु उनको विकल्पमा सरकार बनाउन प्रयास गरिरहेका छन् । गत चुनावमा कम्युनिस्ट पार्टीले जितेको र झण्डै दुई तिहाइ बहुमतको सरकार गठन हूुँदा कसैले यस्तो दूरावस्थाको परिकल्पना गरेका थिएनन् । नेताहरुले त्यो पार्टी र सरकारको प्रशंसा गरेर अनेक उदाहरण दिने गरेका थिए । तिनीहरुले त्यो पार्टीलाई इस्पातले बनेको पार्टी कहिले फुट्दैनसमेत भनेका थिए । तर आजसम्म स्थिति ठीक विपरीत भएको छ । तिनै नेताहरु आज एकले अर्काेलाई सकेम्म कडा शब्दमा गाली गलौज गर्दैछन् । हिलो छ्यापाछ्याप गर्दैछन् । निन्दा र भत्र्सना गर्दैछन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width