पोखरामै मिर्गौला प्रत्यारोपण

सम्पादक
पौष २३, २०७८

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने निर्णय भएको कुरा बाहिर आएपछि मिर्गाैला पीडित, त्यसका परिवार र सम्बन्धित सबै खुसी भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच बुधबार अंग प्रत्यारोपण तथा डायलोसिस सेवा विस्तारमा सहकार्य गर्न समझदारी भएपछि प्रतिष्ठानले त्यो निर्णय लिएको हो । सो समझदारी पत्रमा प्रतिष्ठानतर्फबाट उपकुलपति डा.डुकबहादुर क्षत्री र राष्ट्रिय प्रत्यारोपण केन्द्रतर्पmबाट कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार प्रत्यारोपण केन्द्रले प्रतिष्ठानका डाक्टरलाई तालिम दिएर जनशक्ति तयार गर्नेछ । केन्द्रले यसअघि काठमाडौंमा सुमेरु अस्पताल, किस्ट मेडिकल कलेज, निदान अस्पताल तथा भरतपुरको कलेज अफ मेडिकल साइन्सेजमा पनि तालिम आदि दिएर जनशक्ति तयार गरेको थियो । केन्द्रले अहिले देशका ७ प्रदेशहरुमा मिर्गौला प्रत्यारोपण तथा डायलसिस सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
पोखराका अस्पतालहरुमा मिर्गाैला रोगीहरुको संख्या बढ्दै गएको छ । यहाँका अस्पतालहरुमा डायलोसिस त गर्ने गरिएको छ तर मिर्गाैला प्रत्यारोपण गर्न परे बिरामीहरु काठमाडौं कि भारततिर जाने गर्दछन् । मिर्गाैलाको रोगको उपचार महँगो भएकोले यहाँका केही सामाजिक संस्थाहरु र केही मनकारी दाताले डायलोसिसका मसिन केही अस्पताललाई प्रदान गरेका छन् । त्यसरी मेसिन उपलब्ध भएकाले पनि डायलोसिस गर्ने कार्यसम्म पोखरामा हँुदै आएको छ । अब मिर्गाैला प्रत्यारोपण पनि पोखरामा नै हुनु सन्तोषको कुरा हो ।
मिर्गाैलाको उपचार विधि आपैmमा महँगो प्रक्रिया हो । मिर्गौला बिग्रेपछि या त फेर्नु पर्दछ, होइन भने बरोबर डायलोसिस गर्दै जानु पर्दछ । मिर्गौला पाउनु त्यसै पनि गाह्रो काम हो भने आफन्तले दिएको मिर्गाैला प्रत्योपण गर्नु पनि खर्चालु छ । त्यसो गरिएन भने फेरि प्रत्येक हप्ता र पछि हप्ताकै २÷३ पटक डायलोसिस गर्नु सर्वसाधारणका लागि सम्भव हुने देखिंदैन । कतिपयले उपचारबिना नै मृत्युवरण पनि गर्नु परेको दृष्टान्त छन् । सरकारले अहिले मिर्गाैलाका पीडितलाई आफन्तले मिर्गाैला दिन सक्ने कानुन बनाएपछि केही सजिलो निश्चय नै भएको छ । हिजोभन्दा आज खर्च पनि कम भएको छ । त्यसमा पनि अब प्रत्येक प्रदेशमा मिर्गाैला प्रत्यारोपण हुने भएबाट मिर्गौलापीडित एवं उनीहरुका परिवारले राहतको श्वास फेरेका छन् । त्यसो भए तापनि सर्वसाधारणका लागि यसको उपचार काबुबाहिरको भएको छ । मिर्गाैला रोगीलाई सरकारले केही सहयोग पनि गर्ने गरेको छ तर त्यो पर्याप्त छैन । सरकार, डाक्टर तथा अस्पतालले यसलाई के–कसरी कम खर्चिलो गर्न सकिन्छ, त्यो गर्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width